बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा निरु पालको प्रश्‍न : मेरो घाँटीमा कसले तेर्सायो पेस्‍तोल?

संसदमा निरु पालको प्रश्‍न : मेरो घाँटीमा कसले तेर्सायो पेस्‍तोल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेरो घाँटीमा कसले तेर्सायो पेस्‍तोल? सांसद निरुदेवी पालले बिहीबारको संसद बैठकमा यस्तो प्रश्न गर्दा सिंगो सदन नै स्तब्ध भयो । उनले सांसदमाथि नै यसरी आक्रमण हुन्छ भने सामान्य जनताको अवस्था कस्तो होला भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले आफूमाथि भएको घटनाको छानविन गर्नुपर्ने माग गरिन्।

तर यस्ता घटनाले आफू नडराउने भन्दै उनले मर्नदेखि नडराएको बताइन् । 'साउन १५ गते ८ बजेर १५ मिनेटमा म माथि एउटा ठूलो घटना भयो,' सांसद पालले भनिन्, 'धन्न ठूलो दुर्घटना टर्‍यो ।'

उनले घटनाबारे सुनाउँदै भनिन्, 'मेरो घर जाने गल्ली अँध्यारो थियो। रेनकोट लगाएको मान्छेले दिवालतिर फक्र्यो, पसलबाट दूध लिएर आउँदा मेरो घाँटीमा पेस्तोल देखाएर घाँटीमा घचेट्यो।' उनले आफ्नो घाँटी देखाउँदै भनिन्, 'अहिले पनि त्यसको निलडाम छ । दुखिरहेको छ ।'

'मलाई तर्साएर सरकार डगमगाउन सक्छ भन्ने कदापी नसोचे हुन्छ,' सांसद पालले भनिन्, 'तँ भोली संसदीय सुनुवाई विशेष समितिमा गइस भने तँ के तेरो प्रधानमन्त्रीले पनि तेरो लास भेट्दैन भन्दै धम्क्याए ।'

उनले विगत सम्झँदै भनिन्, '१४ सालमा विद्या भण्डारी र प्रधानमन्त्री ओली नभएको भए म त्यसै बेलै मरिसक्थेँ । म अहिले नाफाको जिन्दगी बाँचिरहेकी छु । त्यसैले म मर्न डराउँदिन ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।