काठमाडौं- वैशाख ९ गतेदेखि सुरु हुने आठौं नेपाल फर्मा एक्स्पो-२०२२ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने भएको छ। प्रत्येक दुई वर्षमा गरिँदै आएको एक्स्पो यस बर्ष ९, १० र ११ गते चितवन एक्स्पो सेन्टर, भरतपुर, चितवनमा हुँदैछ।
नेपाल औषधि उत्पादक संघद्धारा गर्न लागिएको एक्सपोमा नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरुको प्रदर्शनी गरिनेछ।
संघका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा सहभागी हुनेछन् भने एक्स्पोमा प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन्।