आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • धरान उपमहानगरको प्रमुखमा कांग्रेसबाट ९ र एमालेबाट ११ जना आकांक्षी

धरान उपमहानगरको प्रमुखमा कांग्रेसबाट ९ र एमालेबाट ११ जना आकांक्षी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ।

National life

नगर प्रमुखमा बहालवाला प्रमुख तिलक राई,  प्रदेश महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य श्याम रेग्मी, क्षेत्र १ (२) का सदस्य अजय राई, दलित संघ प्रदेश १ सभापति गोविन्द दर्नाल र पूर्वमहाधिवेशन प्रतिनिधि मिनापुलामीको नाम सिफारिस भएको धरान उपमहानगर समितिले जनाएको छ। 

धरानको उपप्रमुखका लागि उर्मिला प्रधान, शिला वज्राचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराईको नाम सिफारिस भएको नगर समितिले जनाएको छ। 

नेकपा एमाले यसअघि धरानको प्रमुखमा ११ जना र उपप्रमुखमा ६ जना आकांक्षीहरूको नाम सिफारिस गरेको थियो। पूर्व नगर प्रमुख मनोजकुमार मन्याङ्बो, बहालवाला उपप्रमुख मञ्जु भण्डारी सुबेदी, विजयकुमार राई, मोतीराज सुनुवार, किशोरकुमार कार्की, मीनकुमार सुब्बा, नारायणप्रसाद सुबेदी, राजमणि निरौला, तीर्थ मास्के, दोर्पध्वज राई र प्रकाश राईको नाम सिफारिस गरेको थियो। 

उपप्रमुखमा सविता चाम्लिङ राई, सुशीला पहाडी, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, इन्द्रकला राई र लीला राईको नाम सिफारिस भएको एमाले धरान नगर कमिटीका सचिव सुदेश चापागाईँले बताए।

Shivam cement


प्रकाशित: Apr 19, 2022| 19:58 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।