शनिबार, साउन १२, २०८१

अवैध आयातमा समेत घुस्दैछ 'क्रिप्टो कारोबार'

प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।
 |  मंगलबार, वैशाख ६, २०७९

अनिल यादव

अनिल यादव

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– विदेशबाट व्यापारिक प्रयोजनका सामानहरु नेपाल आयात गर्दा क्रिप्टोकरेन्सीको प्रयोग हुने गरेको पाइएको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ गरेका तीनजनासँगको प्रारम्भिक सोधपुछबाट यो रहस्य खुलेको हो। 

triton college

पक्राउ पर्नेमध्ये एक छन्, २२ वर्षिया अनुप मिश्र। झापा विर्तामोड घर भएका उनी काठमाडौंस्थित सोह्रखुट्टेमा डेरा लिएर बिबिएस पढ्दै थिए। न्यूरोडमा उनको कपडा पसल पनि छ। झट्ट हेर्दा सामान्य देखिएपनि क्रिप्टोमा उनले गरेको कारोबार भने असामान्य छ। एक वर्षको ‘ट्रान्जेक्सन हिस्ट्र’ केलाउँदा एक वर्षको अवधि उनले क्रिप्टोमा ३५ करोडभन्दा बढीको कारोबार गरेको पाइएको छ। 

‘हेर्दा भर्खरका छन् तर करोडौंको कारोबार देख्दा हामी त चकित नै पर्यौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘यिनीसँगको प्रारम्भिक सोधपुछबाट विदेशबाट सामान आयात गर्दा क्रिप्टोबाट पेमेन्ट हुने गरेको तथ्य पनि खुल्नमा आएको छ। विशेषगरी भन्सार छलेर ल्याइएका जुत्ता, कपडा लगायतका सामानहरु विदेशमा पेमेन्ट गर्नुपर्दा केही व्यापारीले आफूलाई क्रिप्टोकरेन्सीमार्फत पेमेन्ट गराउने गरेको उनले खुलाएका छन्। हामी यसबारे थप फलोअपमै छौं।’

...अनि समातिए उनीहरु

प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।

Metro Mart
vianet

प्रहरीले आशंकामा ज–जसलाई बोलाउँथ्यो, आइटीमा विज्ञ उनीहरुको मोबाइलबाट क्रिप्टो हटिसकेको हुन्थ्यो। तर, केही यस्ता आए जसले खुलेरै भने, ‘पहिले चलाउँथ्यौं, नेपालमा अवैध हो भन्ने थाहा पाएपछि चलाउन छोड्यौं।’

त्यसपछि अनुसन्धानमा खटिएका प्रहरीले तिनैलाई सहयोग माग्दै भने, ‘त्यसोभए फेरि एक्टिभ गर न त, हामीलाई कारोबारीसमक्ष पुर्या‍उन सहयोग गर।’

त्यसपछि प्रहरीलाई उनीहरुले क्रिप्टो प्रयोगको शैलीबारे त बुझाए नै, सँगसँगै ठूलो रकममा कारोबार गरिरहेका कारोबारीसम्म पु¥याए। 

यही क्रममा प्रहरीले सोमबार मिश्रसँगै काभ्रे घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफल बस्ने राहुल चचानलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये एक वर्षको अवधिमा मिश्रबाट ३५ करोड, थापाबाट २४ करोड र चुचानबाट ६ करोड भन्दा बढीको कारोबार उनीहरुले क्रिप्टोमार्फत गरेको पाइएको छ। 

प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।

‘हामी आफै क्रिप्टोबारे नयाँ छौं, धेरै बुझ्न बाँकी छ,’ एसपी कोइरालाले भने, ‘केही पूर्व प्रयोगकर्ताको सहयोगले नै हामी यि तीनजनासम्म पुग्न सफल भएका हौं। अहिले नेपालमा क्रिप्टोको धन्दा डरलाग्दो गरी बढिरहेको सूचना छ। तर उनीहरु आफ्नै आइडी प्रयोग गर्दैनन्। अरुलाई नै उपयोग गर्नेरहेछन्। त्यसैले उनीहरुसम्म पुग्न सहज छैन।’  

उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार पक्राउ परेकाको समूहले बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरिरहेको थियो। तर, पक्राउ परेकाहरुको खातामा ठूलो रकमको कारोबार देखिए पनि मौजुदा अवस्थामा भने कम ब्यालेन्स देखिएको छ। 

सबैभन्दा बढी मिश्रको बाइनेन्स अकाउन्टमा १२ हजार ८ सय अमेरिकी डलरको बिटक्वाइन मौज्दात छ। त्यस्तै थापाको अकाउन्टमा १३ सय डलर र राहुलकोमा ६ सय मौज्दात रहेको देखिएको छ। 

‘कारोबार धेरै देखिएपनि मौज्दात किन कम ?’

‘खासमा उनीहरुभन्दा माथि पनि कारोबारीका दुइतीनटा लेयर रहेछन्,’ एसपी कोइरालाले भने, ‘पक्राउ परेकाहरुले माथिको लेयरसँग किनेर अरुलाई बेच्दा रहेछन्। उनीहरु नियमित ५ हजारदेखि ५० हजारसम्म युएसडिटीको कारोबार गर्ने भएका कारण उनीहरुको मौज्दात कम देखिएको हो। तर, उनीहरुले क्रिप्टो बेचेवापत आउने नेपाली रकम कहाँ राख्छन्, योचाँही खोजीकै विषय छ। त्यसैले हामीले अहिले उनीहरुको खातामा रहेको ब्यालेन्सका विषयमा बैंकसँग विवरण मागेका छौं। त्यो आएपछि थप रहस्य खुल्न सक्छ।’

यसअघि नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता रहेका एसएसपी कुँवरका अनुसार पछिल्लो समय मौलाउँदै गरेको क्रिप्टोकरेन्सीको अवैध २० देखि ३५ बीच उमेरका युवाहरु संलग्नता बढी पाइएको छ। ‘अहिले पक्राउ परेका पनि २२, २४ र २७ वर्ष उमेरका हुन्, दुइ जना त न्यूरोडका व्यापारी रहेछन्’ उनले भने, ‘अर्को कुरा, जसले क्रिप्टो चलाइरहेका छन्, उनीहरु डिजिटल दुनियाँ र आइटीबारे राम्रो जानकार छन्। त्यसैले उनीहरु आफ्नो पहिचान गोप्य राख्छन्, त्यसपछि कमिसनको लोभ देखाउँदै अन्य सयौं जना व्यक्तिहरुलाई उनीहरुको नाममा बैंक खाता र बाइनेन्स अकाउन्ट खोल्न लगाउँछन्,  अनि त्यहीँबाट कारोबार गर्छन्। त्यसैले ठूलो कारोबारीसम्म पुग्न कठिन हुने रहेछ।’

अहिले नेपालमा मौलाइरहेको वान एक्स बेट, हाइफर फन्ड लगायतका अनलाइन प्लेटफर्महरुमा पनि क्रिप्टोको प्रयोग हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनैजनालाई प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम महानगरीय प्रहरी परिसर टेकुमा राखेर थप अनुसन्धान गरिरहेको छ। 

नेपाल राष्ट्र बैंकले पटकपटक सूचना नै जारी राखेर क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै यसको प्रयोग नगर्न सूचना नै जारी गरेको थियो। यद्यपी यसको प्रयोग रोकिएको छैन। 

यसअघि नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता रहेका एसएसपी कुँवरका अनुसार पछिल्लो समय मौलाउँदै गरेको क्रिप्टोकरेन्सीको अवैध २० देखि ३५ बीच उमेरका युवाहरु संलग्नता बढी पाइएको छ।

अहिले पक्राउ परेका पनि मुख्य कारोबारी देखिएका छन्। उनीहरुलाई बिटक्वाइन सप्लाइ गर्नेहरु अहिले पनि उम्कन सफल छन्। पक्राउ परेकाहरुको मोबाइल केलाउँदा प्रहरीले अरबौंको कारोबार गर्ने आइडी समेत फेला पारेको छ। तर, उसको असली परिचय खुलेको छैन। प्रहरीको अनुमान छ, अरबौंमा रकम कारोबार गर्ने पक्कै मुख्य सप्लायर हुन् र विदेशी नागरिक हुन् । 

क्रिप्टो कारोबारी पक्राउ गरेको यो पहिलोपटक होइन। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले  पहिलोपटक २०७४ साल असोजमा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ पर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, आर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, दमन बस्नेत, नुवाकोटकी बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देहीका मनीषकुमार गिरी थिए। 

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले यसअघि दुइ पटक क्रिप्टो कारोबारीलाई पक्राउ गरेको थियो। तर, त्यतिबेला कारोबार रकम अहिलेजस्तो ठूलो थिएन। 

प्रहरी पक्राउ गरेकाहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाउँदै आएको छ। त्यसपछि विभागले नै अदालतमा मुद्दा दायर गर्ने हो। 

के हो क्रिप्टोकरेन्सी?

क्रिप्टोकरेन्सी विनिमयकै माध्यम हो तर यसलाई भौतिक रुपमा पाइँदैन, यो त भर्चुअल अथवा डिजिटल मुद्रा हो, जसको प्रयोग ईन्टरनेट अनलाईनका माध्यमबाट हुन्छ। 

नेपालमा गैरकानुनी रहेपनि यसलाई अत्यन्तै सुरक्षित प्रणाली‘कृप्टोग्राफी’का आधारमा कारोबार गरिन्छ।  कृप्टोग्राफी सुचना वा कुनै कुराको  आदान–प्रदानको यस्तो प्रणाली हो जसमा पठाउने र पाउने बाहेक अरु कसैको संलग्नता रहँदैन। तेस्रो व्यक्ति बिचमा आउन सक्ने कुनै स्थान नभएकाले यसलाई सुरक्षित मानिन्छ। कृप्टोग्राफी ग्रीक शब्द ‘कृप्टोस’बाट आएको हो – जसको अर्थ ‘लुकाएको’ हुन्छ।

प्रकाशित: Apr 19, 2022| 18:36 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।