सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भोजपुरमा यसरी भयो पालिका भागबण्डा

आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले भोजपुरमा पालिका भागबण्डा टुंग्याएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले भोजपुरमा पालिका भागबण्डा टुंग्याएका छन्।

triton college

यसअनुसार जिल्लाका ९ पालिका र १ जिससमध्ये ५ वटा प्रमुख कांग्रेसले पाउने भएको छ भने दुई माओवादी र एक जसपाले लिने भएका छन्। दुईवटा पालिकामा कुरा नमिलेपछि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ।

सहमतिअनुसार जिल्लाका दुवै नगरपालिका भोजपुर र षडानन्द कांग्रेसको भागमा परेका छन्। बाँकी गाउँपालिका अरु दलले भागबण्डा गरेका छन्। 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहपालिका षडानन्दमा नेकपा (एस)ले मेयर र उपमेयर दुवै पाएन। त्यहाँ कांग्रेस र माओवादीले मेयर र उपमेयर बाँडेका छन्। 

दलहरुका बीचमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलिछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ। 

Metro Mart
vianet

यसैगरी नेकपा माओवादी केन्द्रले पौवादुङ्‍मा गाउँपालिका अध्यक्ष र रामप्रसाद राई गाउँपालिकामा अध्यक्ष पाउने भएको छ।

त्यसैगरी कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङ्‍मा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ। नेकपा एकीकृत समाजवादीले भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिकामा उपाध्यक्ष पाएको छ।

यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन्। दलहरुका बीचमा स्थानीय तहका जम्मा ८१ वडामध्ये कुन कुन वडामा गठवन्धन गर्ने भन्ने विषयमा छलफल जारी रहेको गठबन्धन दलका वार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवाले जानकारी दिए। 

जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा एकीकृत माओवादीलाई उपप्रमुख दिने सहमति भएको छ।

प्रकाशित: Apr 19, 2022| 15:58 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।