आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नयाँबस्ती क्लबलाई तीन लाख जरिवाना, व्यवस्थापक र खेलाडीलाई प्रतिबन्ध

नयाँबस्ती क्लबलाई तीन लाख जरिवाना, व्यवस्थापक र खेलाडीलाई प्रतिबन्ध

भर्खरै सम्पन्न भएको बी डिभिजन लिगअन्तर्गत मध्यपुर युवा क्लबसँग पराजित भएपछि अभद्र व्यवहार साथै अनुशासन गतिविधि गरेका भन्दै तीन लाख जरिवाना गरिएको एन्फाले जनाएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- शहीद स्मारक 'बी' डिभिजन लिग खेल्ने नयाँबस्ति क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन लाख जरिवाना गरेको छ।

National life

भर्खरै सम्पन्न भएको बी डिभिजन लिगअन्तर्गत मध्यपुर युवा क्लबसँग पराजित भएपछि अभद्र व्यवहार साथै अनुशासन गतिविधि गरेका भन्दै तीन लाख जरिवाना गरिएको एन्फाले जनाएको छ।

'एन्फा कम्प्लेक्समा गत चैत ४ गते भएको एन्फा लिग समितिको बैठकले क्लबलाई जरिवाना गर्ने र क्लबका अधिकृत श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो,' एन्फाले सूचनामा लेखेको छ, 'क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ।'

अप्रिल ९ मा भएको खेलमा ३-१ ले पराजित भएपछि क्लबका खेलाडी तथा पदाधिकारीले एन्फा कम्प्लेक्समा म्याच अफिसियललाई गाली गर्नुका साथै भौतिक सम्पतिमा तोडफोड गरेका थिए। 

उनीहरुले एन्फा कम्प्लेस्को प्लेयर बस्को कुर्सी र ठाउमा तोडोफेड गरेका थिए भने मैदानमासमेत क्षति पुग्ने काग गरेका थिए। भर्खरै सम्पन्न लिगमा नयाँबस्ती तालिकाको ११औं स्थानमा रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 19, 2022| 14:25 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।