बुधबार, असार ३१, २०८३

कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- कक्षा १२ को सबै संकायको नतिजा आज सार्वजनिक हुने भएको छ । केहिबेरमा नै परिक्षाफ सार्वजनिक गर्ने गरि तयारी भईरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नतिजा प्रकाशनका लागि बोर्डको बैठक बसिरहेको छ । सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए।

सबै संकायको एकै पटक नतिजा निकाल्न लागेको यो पहिलो पटक हो । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गरिन्थ्यो भने त्यसपछि व्यवस्थापन, मानविकी र शिक्षा संकायको नतिजा निकाल्ने गरिएको थियो । 

गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।