आइतबार, मंसिर ७, २०८२

रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु

पोर्चुगल तथा म्याचेस्टर युनाइटेडका सट्राइकर रोनाल्डो र उनकी प्रेमिकाले सूचना सर्वजनिक गर्दै आफ्नो एक सन्तान मृत जन्मिएको जानकारी दिएका हुन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- फुटबलका स्टार खेलाडी क्रिस्टियोना रोनाल्डोको जुम्ल्याहामध्ये एक सन्तान मृत जन्मिएको छ। पोर्चुगल तथा म्याचेस्टर युनाइटेडका सट्राइकर रोनाल्डो र उनकी प्रेमिकाले सूचना सर्वजनिक गर्दै आफ्नो एक सन्तान मृत जन्मिएको जानकारी दिएका हुन्।

National life

रोनाल्डो र उनी प्रेमिका जोजिना रोड्रिग्वेले केहि महिना अघि नै आफ्नो जुम्ल्याहा सन्तान हुने घोषणा गरेका थिए। उनीहरुले अस्पतालको रिपोर्ट सामाजिक सञ्जालमा पोस्ट गर्दै जुम्ल्याहा सन्तानको अपेक्षा गरेका थिए।

तर जन्मिएका एक छोरा र एक छोरीमध्ये छोरा मृत पाइएको हो। ‘यो घटनाले हामीलाई सबैभन्दा ठूलो दुःख महसुस भएको छ,’ उनीहरुले पत्रमा लेखेका छन्। 

'दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ,' उनीहरुले एक विज्ञप्ति निकालेर भनेका छन्।

उनीहरुले गएको अक्टोबरमा जोजिना गर्भवति रहेको जानकारी सामाजिक सञ्जालबाट दिएको थिए। तर छोराको मृत जन्मिएपछि उनीहरुले लेखेका छन्, 'हामी यो क्षतिबाट क्षतविक्षत भएका छौं र हामी केहि गोपनियता चहान्छौं।,'  'हाम्रो बेबी वोइ, तिमी हाम्रो एन्जल हौ। हामी तिमीलाई सँधै सम्झिरहने छौं,' रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 19, 2022| 12:14 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।