काठमाडाैं- दुई ठाउँमा परिहो खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक पाँच घण्टापछि खुलेको छ । बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजे खुलेको हो ।
पहिरोले पाँच घन्टादेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । बाटो खुले पनि पाँच घण्टादेखि रोकिएका सवारीसाधनका कारण जाम भएको छ ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रुबीच बाटोमै रोकिएका थिए। सडक विस्तार सकिए पनि दिनहुँ जसो खस्ने पहिरोका कारण यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।
सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समयसमयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण बनेको छ । यो सडक खण्डको भालुढुंगा, चारकिलो, चोरखोला र तोपेखोला लगायतका ठाउँमा वर्षालागेसँगै पटक-पटक पहिरो खसिररहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४