आइतबार, मंसिर ७, २०८२

तनहुँ फुटबल संघमा २५ वर्षपछि नयाँ नेतृत्व, अध्यक्षमा पालिखे

अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो। २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- तनहुँ जिल्ला फुटबल संघको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन्। पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका छन्।

National life

अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो। २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन्।

अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए। समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित बनेका छन्। समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गरेका छन्। नवनिर्वाचित समितिका  पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 19, 2022| 10:40 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।