बुधबार, कात्तिक १९, २०८२

विराटनगरमा भएको आगलागीमा एक करोडको क्षति

विराटनगर- विराटनगर ९ मा रहेका पसल र होटलमा सोमबार राति आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९
Kumaribank
Metro Mart

विराटनगर- विराटनगर ९ मा रहेका पसल र होटलमा सोमबार राति आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
आगोले दुईवटा होटल, एउटा कपडा र एउटा किराना एवं भाँडा पसल ध्वस्त बनाएको छ। आगो नियन्त्रणमा खटिएका दमकलका तीन जना कर्मचारी घाइते भएका छन्।

विराटनगर महानगरपालिका–९ मा शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरुमा पूर्ण रूपले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। घर पूर्ण रूपमा ध्वस्त हुँदा ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

शोभादेवीका छोरा कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको छ।

प्रहरीका अनुसार दमकलबाट पानी हालेर आगो निभाउने क्रममा कर्मचारीहरु विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएका छन्। आगलागीको कारण खुल्न सकेको छैन। राति १२ः१५ बजेतिर सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Apr 19, 2022| 09:13 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।