आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बटलरको सतक र चहलको ह्याट्रिकमा राजस्थान रोल्यसको साँघुरो जित

बटलरको सतक र चहलको ह्याट्रिकमा राजस्थान रोल्यसको साँघुरो जित

बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- युजवेन्द्र चहललको ह्याट्रिकसहित पाँच विकेटको सहयोगबाट राजस्थान रोयल्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा साँघुरो जित निकालेको छ। बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।

National life

खेलमा सरुआति ब्याटिङ गर्दै जस बटलरको १०३ रनको सतकको सहयोगमा राजस्थानले कोलकत्तासामू २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कोलकत्ता दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर २१० रनमा समेटियो।

पहिला पारीमा बटलरले ६१ बलमा १०३ रन बनाएका थिए। यसबाहेक सञ्जु समसनले पनि ३८ रनको पारी खेले। बलिङतर्फ कोलकत्ताका सुनिल नायरले दुई विकेट लिए। जवाफमा कोलकत्ताका श्रेयस अयरले ५१ बलमा ८५ रन बनाए भने आरोन फिन्चले ५८ रनको अर्धसतकिय पारी खेले।

कोलकत्तालाई लक्ष्य पुरा गर्न नदिन युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए, यद्यपी उनले चार ओभरमा ४० रन खर्चिए।

यो जितसँगै आईपीइएलमा आठ अंक बनाएर राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित कोलकत्ता भने ६ अंकका साथ छैटौं स्थानमा छ। लिगमा समान आठ अंक बनाएका लखनौं, बैंगलोर र हैदराबाद क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

Laxmi sunrise bank
kumari

शीर्षस्थानको गुजरात टाइटन्सको १० अंक छ। आईपीएलमा आज लखर्नौं सुपर जायन्टले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ।

प्रकाशित: Apr 19, 2022| 08:12 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।