सोमबार, असोज १२, २०८३

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, धारामा कहिले?

मेलम्ची खोलाको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- मेलम्ची खोलाको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्चीको मुहानबाट सुरुङमा छोडिएको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो। यो पानी अब सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ।

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि धारामा वितरण गर्ने तालिका समेत तय भएको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित: Apr 19, 2022| 06:22 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्