सोमबार, असोज १२, २०८३

सोमबार विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ २२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०७ पैसा र बिक्री दर १२९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 19, 2022| 06:14 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्