काठमाडौं- हुन्डाई IONIQ 5 वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीनवटामा विजेता बनेको छ। आफ्नो रिलिज पश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसा पाएको यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको 'विश्व कार अफ द इयर' अवार्ड पनि हात पारेको हो।
डिजाईन अफ द इयर क्याटगोरीमा IONIQ 5 को फरक शैली र नौलो डिजाइनले Audi e-Tron GT र Kia EV6 लाई पछि पारेको छ। आयताकार हेड र टेल ल्याम्पसहितको IONIQ 5 को रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको छ ।
त्यस्तै, IONIQ 5 ले विश्व कार अवार्डमा पहिलो पटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e-Tron GT र Mercedes EQS भन्दा अगाडि रहन सफल रह्यो। स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाउँछ ।