बुधबार, असार ३१, २०८३

कलंकीको ‘अन्डर पास’ तयार, तर तत्काल नचल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कलंकीको अन्डर पास मंसिरभित्र सञ्चालनमा आउने भएको छ । अन्डरपास निर्माणको अधिकांश काम सकिए पनि कलंकी-कोटेश्वर सडक विस्तार सकेर मात्रै उक्त अन्डर पास खुला गर्ने सरकारी तयारी छ । 

आयोजनाका इन्जिनियर निरञ्जन अर्याल शर्माका अनुसार अन्डरपास निर्माण ९९ प्रतिशत सकिएको छ । फिनिसिङको केही काम बाँकी रहेको उनले जानकारी दिए । 

'जुलाई २०१८ अगावै सक्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका साथै बिजुली, खानेपानी, टेलिफोनलगायतको तार र पाइप व्यवस्थापनका कारण ढिलाइ भयो,' शर्माले भने, 'सञ्चालनमा ल्याउन थप पाँच महिना धकेलिएको छ । सबै काम १५ डिसेम्बरसम्ममा सिध्याउने र अन्डर पास खुला गर्ने योजना छ ।'

उनका अनुसार लक्षित समयमा आयोजना नसकिने भएपछि ठेकेदार कम्पनीले थप पाँच महिनाको अवधि मागेको थियो । सोहीअनुसार सडक विभागले समय थपेको हो । 

कलंकी-कोटेश्वर सडक विस्तारअन्तर्गत् अन्डरपास निर्माण भएको हो । समग्र परियोजना डिसेम्बर २०१२ र अन्डरपास सन् २०१६ मा निर्माण थालिएको थियो । कलंकी-कोटेश्वरमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ २/२ लेनका सर्भिस र साइकल ट्रयाक निर्माणाधीन रहेको इन्जिनियर शर्माले जानकारी दिए ।
 
नेपालकै पहिलो अन्डरपास सुरुङको लम्बाइ आठ सय मिटर ।

चीनको अनुदान सहयोग र चिनियाँ कम्पनी 'दी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन'को डिजाइनअनुसार उक्त 'अन्डरपास' चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो । नेपालकै पहिलो अन्डरपास सुरुङको लम्बाइ आठ सय मिटर छ । 

अन्डरपास बनेपछि बल्खुबाट स्वयम्भु जाने गाडी सोही अन्डरपासबाट जानेछन् भने थानकोटबाट काठमाडौं भित्रिने गाडी अन्डरपास माथिबाट गुड्नेछन् । यसबाट कलंकीको जाम हट्ने अपेक्षा गरिएको छ । 

यस्तै, कलंकी-कोटेश्वर चक्रपथ विस्तार आयोजनाअन्तर्गत् निर्माणाधीन सडकखण्ड औसत ३८ दशमलव पाँच मिटर फराकिलो तथा १० दशमलव चार किलोमिटर लम्बाइको छ । सडक विस्तार पनि अन्तिम चरणमा पुगेको छ । 'हालसम्म ९५ प्रतिशत काम सकिएको छ,' इन्जिनियर शर्माले भने ।

उनका अनुसार बल्खुदेखि कोटेश्वरसम्मको आठ दशमलव ६ किमि खण्डमा एक तहको कालोपत्रे, फिनिसिङ, फुटपाथ र ट्राफिक लाइटहरूलगायत काम भइरहेको छ । 

बल्खुदेखि कलंकीसम्मको एक दशमलव चार किमि सडकमा 'रिटेनिङ', 'ड्रेन', 'पाइप कल्भर्ट'लगायत तयार भइसकेका छन् । कालोपत्रे भने बाँकी छ । सोही योजनाअन्तर्गत्को कलंकीबाट सीतापाइला जोड्ने सडकको पुल निर्माणाधीन छ । परियोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।