बुधबार, असार ३१, २०८३

सेनाका जम्दार सरकारी नक्कली कागजातसहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सरकारी निकाय र विद्यालयको नक्कली कागजात तयार गर्ने गरेको अभियोगमा सेनाका अवकाश प्राप्त जम्दार पक्राउ परेका छन् ।
 
धनगढी-३ मिलनचोकमा विकास सेक्यूरिटी सर्भिसेज प्रालि खोलेर बसेका कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का ४६ बर्षीय धनबहादुर गुरुङलाई प्रहरीले बुधबार उनकै कार्यालयबाट नियन्त्रणमा लिएको हो । सुरक्षाकर्मीकै नक्कली कागजात तयार पार्ने गरेको सुचनाका आधारमा प्रहरीले उक्त कार्यलयमा छापा मारेको थियाे । 

पक्राउ परेका गुरुङ १९ बर्ष नेपाली सेनामा जागिर गरेर जम्दार पदबाट सेवानिवृत भएको खुलेको छ । प्रहरीले उनको कार्यालयबाट तीन वटै सुरक्षा निकाय, एउटा नगरपालिका तथा दुई वटा विद्यालयको नक्कली छाप र कागजात बरामद गरेको छ । 

नेपाली सेनाको जंगी अड्डा, नेपाल प्रहरीको प्रधान कार्यालय तथा सशस्त्र प्रहरीको मुख्यालयको नक्कली छाप र कागजात भेटिएको प्रहरीले जनाएको छ । यस्तै कैलाली, कञ्चनपुर र सुर्खेत गरी तीन जिल्लाका जिल्ला प्रहरी कार्यालयको नक्कली छाप र लेटरप्याड पनि बरामद गरिएको छ । 

यसको साथै पुर्नवास नगरपालिका कार्यालयको नक्कली छाप पनि भेटिएको छ । मालिमा उच्च मावि सुर्खेत तथा गौरीशंकर मावि धनगढी नामको छाप पनि प्रहरीले उनीबाट बरामद गरेको छ । वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको नेतृत्वमा गएको प्रहरीको टोलीले कार्यालयमा छापामारेको हो । 

गुरुङले भारतका बिभिन्न ठाउँमा सेक्यूरिटी गार्ड पठाउने र उनीहरुलाई चाहिने नक्कली पुलिस रिर्पाेट तयार पार्ने गरेको बुझिएको छ । सेक्यूरिटी गार्ड तयार पार्नका लागि सुरक्षाकर्मीका भुपुहरु भए ४० हजार तथा सर्वसाधारणका लागि भने ३० हजार शुल्क लिने गरेका थिए । उनले नै नक्कली पुलिस रिर्पोट बनाएर भारतमा सेक्यूरिटी गार्डको काममा पठाएका नेपाल प्रहरीका एक भूपु कर्मचारी पुलिस रिर्पोट अस्वीकृत भएर फर्किएपछि गुरुङको उक्त धन्दाको पर्दाफास भएको हो । 

कम्यूटर, प्रिन्टरसहित उनीसँग भएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरीवहादुर ओलीले जानकारी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।