बुधबार, फागुन २०, २०८२

सूर्य नेपाल गल्फ टुर मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको छैटौं प्रतियोगिता मंगलबारबाट रोयल नेपाल गल्फ कोर्समा सुरु हुने भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको छैटौं प्रतियोगिता मंगलबारबाट रोयल नेपाल गल्फ कोर्समा सुरु हुने भएको छ। प्रतियोगिता मार्च २२ सम्म चल्ने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिता ७२ होलमा खेलिनेछ र ५६ खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागिमध्ये ३६ व्यावसायिक खेलाडी रहेका छन् भने २० अमेच्योर खेलाडी रहेका छन्।

गल्फको ३६ होलमा टक लागू हुने आयोजकले जानकारी दिलएको छ। प्रतियोगितामा सहभागि भएका २१ खेलाडीले अन्तिम ३६ होल खेल्न पाउने भएका छन्। २१ खेलाडीलाई नै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख घर लैजानेछ। त्यस्तै दोस्रो हुने खेलाडीको हातमा ६५ हजार र तेस्रो हुने खलाडीको हातमा नगद ४६ हजार पर्नेछ।

प्रतियोगितामा २१ औं हुने खेलाडीले पनि १० हजार पुस्कार पाउनेछन्। प्रतियोगितामा भवन नगरकोटी, जयराम श्रेष्ठ, सन्जय लामा, रवी खड्का लगयतका खेलाडीले चुनौति पस्कनेछन्।

kumari

प्रकाशित: Apr 18, 2022| 14:36 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।