बुधबार, असार ३१, २०८३

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको निर्णय अन्योलमा परेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले संसद् र अदालत पार्टीको बन्दी बनाउन खोजिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

'जोशीको निर्णय अन्योलमा' शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले सुनवाइ समितिको बैठक सारेको सारै गरेर जोशीको निर्णय अन्योलमा पारिएको उल्लेख गरेको छ । बुधबार बसेको समितिको बैठक विषयमा प्रवेश नै नगरि शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । नागरिक दैनिकले 'सुनवाई समिति अनिर्णित, बैठक फेरि स्थगित' शीर्षकमा खबर छापेको छ ।

नयाँ पत्रिकाले भने 'संसद् र अदालत पार्टीको बन्दी' शीर्षकमा मुख्य समाचार लेखेको छ । उसले प्रस्तावित प्रधानन्यायाधीशको प्रमाणपत्र र आदेशमा त्रुटी भए कारबाही हुनुपर्ने र सही भए सम्मानपूर्वक अनुमोदन गर्नुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष राजनीतिक लेनदेनमा लागेको टिप्पणी गरेको छ । नयाँ पत्रिकाले सत्तापक्ष दलले संसदीय समितिलाई खेलौना बनाएको उल्लेख गरेको छ भने प्रतिपक्षमा हुँदा पनि कांग्रेस पुरानै शैलीमा उत्रिएको जनाएको छ । 

यस्तै नयाँ पत्रिकाले खानेपानी संस्थानले नै सिंहदरबारमा जारको पानीको व्यापार गरेको खबर छापेको छ भने अन्नपूर्णले विदेश भ्रमणमा गएका १५ सय कर्मचारीमाथि सरकारले छानविन थालेको खबरलाई महत्व दिएको छ । 

कान्तिपुर दैनिकले कैलालीमा बलात्कार पछि युवतीको बर्बर हत्या भएको विषयलाई मुख्य समाचार बनाएको छ । नागरिक दैनिकले भने सिक्टा सिँचाइ आयोजनामा खेलाची भएको उल्लेख गर्दै भत्केको नहर कसले बनाउने ? शीर्षकमा प्रमुख खबर लेखेको छ । यस आयोजनामा मर्मतको दायित्व ठेकेदारको हो भनेर सिँचाइ विभागले दावी गरिरहेको छ भने दुई वर्षअघि नै आफूहरुको दाहित्व सकिएको ठेकेदार कम्पनीले जिकीर गरेको नागरिकले लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।