आइतबार, मंसिर ७, २०८२

मेस्सीलाई पीएसजीमा गोलको खडेरी

अर्जेन्टिनी कप्तान तथा फ्रेन्च क्लब पीएसजीका स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो करिअरकै खराब स्थितिमा आइपुगेका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– अर्जेन्टिनी कप्तान तथा फ्रेन्च क्लब पीएसजीका स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो करिअरकै खराब स्थितिमा आइपुगेका छन्।

National life

गत सिजन मात्र बार्सिलोना छाडेर पीएसजी गएका मेस्सीले त्यहाँ सोचे अनुरुपको खेल प्रस्तुत गर्न सकिरहेका छैनन्। दुई वर्षका लागि पीएसजी गएका उनको पहिलो सिजन सकिनै लाग्दा समेत उनले क्लबका लागि १० गोल समेत गर्न सकेका छैनन्। 

यो सिजन मेस्सीले पीएसजीका लागि लिगमा २१ खेल खेल्दा ३ गोल मात्र गरेका छन् भने च्याम्पियन्स लिगमा ७ खेलमा ५ गोल गरेका छन्। यो सिजन मेस्सीले लिगमा १३ असिस्ट गरेका छन्। मेस्सी यस्तो खराब स्थितिमा आएको यो पहिलो पटक हो।

विगतमा मेस्सीले प्रत्येक सिजन औसतमा ३०–४० गोलको आँकडा पूरा गर्ने गरेका थिए। अघिल्लो सिजन बार्सिलोनामा उनले ३० गोल भन्दा बढी गरेका थिए। लिगमा धेरै अवसरहरु सिर्जना गरे पनि उनी गोल गर्न भने असफल नै रहेका छन्।

प्रकाशित: Apr 18, 2022| 13:05 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।