बुधबार, फागुन २०, २०८२

आइपिएलमा हैदराबाद र गुजरातको जित

आइतबार साँझ सम्पन्न भएको खेलमा पञ्जाब किंग्सविरुद्ध हैदराबादले सात विकेटको जित निकालेको हो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले जित निकालेकाका छन्। आइतबार साँझ सम्पन्न भएको खेलमा पञ्जाब किंग्सविरुद्ध हैदराबादले सात विकेटको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १५१ र रन बनाएको थियो।  जवाफमा सात बल बाँकी रहँदै हैदराबादले १५२ रनको लक्ष्य तीन विकेट गुमाएर पुरा गर्‍यो।

हैदराबादका लागि एईडेन मकरमले सबैभन्दा धेरै ४१ रन बनाए भने निकोलेस पुरनले ३५ रनको पारी खेले। यी दुवै खेलाडी खेलमा अविजित रहे। त्यसक्रममा पञ्जाबले राहुल चहरले दुई विकेट लिएका थिए।

पहिलो पारीमा पञ्जाबका लियम लिविन्स्टोनले ६० रन बनाए पनि अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। बरु हैदराबादका उमरन मलिकले चार र भुवनेश्वरकुमारले तीन विकेट गिराए।

त्यस्तै, अर्को खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई तीन विकेटले हराएको छ। १७० रनको लक्ष्य पाएको गुजरातले एक बाल बाँकी रहँदा सात विकेट गुमाएर सो लक्ष्य पुरा गरेको हो।

kumari

गुजरातका लागि डेविड मिल्नरले सबैभन्दा धेरै ९४ रन बनाएका थिए। उनी खेलमा अविजित रहे। चेन्नईका ड्वेन ब्राभोले तीन तथा महेश तिक्सानाले दुई विकेट लिएका थिए।

गएरातिको जितसँगै गुजरातले छ खेलबाट १० अंक बनाएको छ भने हैदराबादले ६ खेलबाट आठ अंक बनाएको छ। अहिले आईपीएलमा गुजरात शीर्षस्थानमा रहँदा समान ८-८ अंक भएका लखनौं, बैंगलोर र हैदराबाद क्रमशः दोस्रो, तेस्रो र चौथौ स्थानमा छन्। लिगमा मुम्बईले अहिलेसम्म अंक जोड्न सकेको छैन्।

प्रकाशित: Apr 18, 2022| 08:20 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।