बुधबार, असार ३१, २०८३

अनलाइनबाट उद्योग अद्यावधिक नगरे ७५ हजार जरिवाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उद्योग विभागले अब अनलाइनमार्फत् उद्योग सञ्चालनको अद्यावधिक विवरण लिने भएको छ । विभागले दर्ता भएका सबै उद्योग अद्यावधिक गर्न वैशाखमै निर्देशन दिए पनि नगण्य मात्रामा मात्रै प्रगति भएको छ। 

सोही कारण कडाइ गर्न लागिएको विभागले जनाएको छ। आइतबारदेखि नै अनलाइनमार्फत् उद्योग अद्यावधिक गर्न शुरु गरिएको विभागका प्रवक्ता दुर्गा भुसालले बताए । उनका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७३ मा ‘प्रत्येक उद्योगले व्यावसायिक उत्पादन प्रारम्भ गरेपछि तोकिएबमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विभागसमक्ष पेश गर्नुपर्ने’ व्यवस्था छ। ‘सोही व्यवस्थाअनुसार दर्ता भएका उद्योगहरूको विवरण अद्यावधिक गर्र्न थालेका हौं,’उनले भने। 

भुसालका अनुसार उक्त सूचना प्रकाशित भएपछि आव ०७३-७४ को वार्षिक प्रगति विवरण नबुझाएका उद्योगहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अनलाइनमार्फत् विवरण अद्यावधिक गर्नुपर्नेछ। यस्तै,  आव ०७४-७५ को वार्षिक प्रगति विवरण ६ महिनाभित्र अनिवार्य रूपमा उक्त सिस्टममा समावेश गर्नुपर्नेछ। 

‘तोकिएको विवरण तोकिएको अवधिभित्र उपलब्ध नगराएमा प्रत्येक आवका लागि लघु उद्यमलाई पाँच हजार, घरेलु उद्योगलाई १० हजार, साना उद्योगलाई २० हजार, मझौला उद्योगलाई ४० हजार र  ठूला उद्योगलाई ७५ हजार रुपैयाँका दरले जरिवाना गरिनेछ,’ भुसालले भने। नयाँ व्यवस्थाबाट मुलुकभरका उद्योगहरूको यकिन विवरण प्राप्त हुनेछ। र, औद्योगिक नीति र रणनीति तय गर्न सहज हुनेछ। विभागका अनुसार मुलुकभर सात हजार तीन सय उद्योग दर्ता भएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।