आइतबार, मंसिर ७, २०८२

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित

लि क्लासिक नामले चिनिने यो खेल फ्रान्सको घरेलु फुटबलमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ। तर पीएसजीले आफ्नो घरेलु मैदानमा मार्सेका समर्थकलाई भने प्रवेक दिएको थिएन।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- ब्राजिलियन फरवार्ड नेयमार र केलियन एम्बाप्पेको गोलमा पीएसजीले जित निकालेको छ। लिग वानअन्तर्गत आइतबार राति सम्पन्न भएको खेलमा पीएसजीले निकट प्रतिद्वन्द्वी मार्सेमाथि २-१ को जित निकालेको हो।

National life

लि क्लासिक नामले चिनिने यो खेल फ्रान्सको घरेलु फुटबलमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ। तर पीएसजीले आफ्नो घरेलु मैदानमा मार्सेका समर्थकलाई भने प्रवेक दिएको थिएन।

खेलको क्रममा १२औं मिनेटमै गोल गर्दै नेयमारले खेलमा अग्रता बनाएका थिए। तर खेलको ३१औं मिनेटमा मार्सेका डुजी क्यालेटाले गोल गरेर खेललाई बराबरीमा ल्याए।

तर खेलको ४५औं मिनेटमा पीएसजीले पेनाल्टी पायो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पीएसजीले जित निकालेको हो। यसपटक केलियन एम्बाप्पेले गोल गरेका थिए।

यो जितसँगै पीएसजीले शीर्षस्थानमा १४ अंकका अग्रता बनाएको छ। लिगमा दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 18, 2022| 08:00 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।