आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चेल्सी र लिभरपुल : १९९३ पछि पहिलो पटक एउटै क्लब दुई प्रतियोगिताको फाइनलमा

चेल्सी र लिभरपुल : १९९३ पछि पहिलो पटक एउटै क्लब दुई प्रतियोगिताको फाइनलमा

प्रिमियर क्लब चेल्सीले आइतबार राति क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- प्रिमियर क्लब चेल्सीले आइतबार राति क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।

National life

वेम्बली रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चेल्सीले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। यससँगै उसले लिभरपुलसँगको भेट पनि पक्का गरेको छ। लिभरपुलले पहिलो सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

यसअघि चेल्सी र लिभरपुलले ईएफएल कपको फाइनल खेलमा पनि प्रतिस्पर्धा गरेका थिए। पेनाल्टीसम्म पुगेको त्यो खेलमा लिभरपुलले जित निकालेको थियो।

यसरी एकै क्लब इंग्ल्यान्डका मुख्य दुई प्रतियोगिताको फाइनलमा पुगेको दोस्रो पटक हो। यसअघि सन् १९९३ पछि पहिलो पटक आर्सनर शेफिल्ड युनाइटेड यसरी दुवै प्रतियोगिताको फाइनलमा पुगेको बिबिसीले जनाएको छ।

यता, चेल्सीलाई जित दिलाउनका लागि रुविन लोफ्टस चेक र मेसन माउन्टले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

Laxmi sunrise bank
kumari

जहाँ ६५औं मिनेटमा रुविनले अग्रता दिलाए भने ७६औं मिनेटमा माउन्टले अग्रता दोब्बर बनाए। यो गोलसँगै चेल्सी लगातार तेस्रो पटक एफए कपको फाइनलमा पुगेको छ। अघिल्लो सिजन चेल्सीले लेस्टर सिटीसँग फाइनलमा हार बेहोरेको थियो। लगातार तीन पटक फाइनल पुगे पनि उसले पछिल्ला दुवै पटक उपाधि जितेको छैन।

दुई वर्षअघि फ्रांक लाम्पार्डको प्रशिक्षणमा फाइनल पुगेको टिमले आर्सनलसँग हार बेहोरेको थियो।

प्रकाशित: Apr 18, 2022| 07:45 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।