आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बीवाईसी महिला गोल्डकप : बागमतीलाई ७ गोल गरेर सेमिफाइनल पुग्यो आर्मी

बीवाईसी महिला गोल्डकप : बागमतीलाई ७ गोल गरेर सेमिफाइनल पुग्यो आर्मी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

धनगढी– कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा बागमती युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। 

National life

अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्‍यो भने दोस्रो हाफमा तीन गोल थप्यो। आर्मीका लागि पहिलो हाफको १७औं मिनेटमा इन्दिरा राई, २९ औं मिनेटमा अमिषा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरे। पहिलो हाफको २८औँ मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो। बागमतीकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन्। 

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन्। उनले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गरिन्। दोस्रो गोल पेनाल्टी मार्फत भएको हो । त्यस्तै व्यक्तीगत दोस्रो गोल गर्ने क्रममा आर्मीकी अमिषा कार्कीले खेलको ९०औं मिनेटमा गोल थपिन्। नेपाल आर्मी क्लबले सेमिफाईनलमा नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिकाबीचको विजेतासँग खेल्नेछ। 

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टीम नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेको छ। समूह ए मा रहेको पुलिसले सेमफाईनलमा आयोजक वनदेवी युवाक्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ।

सोमबार विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 17, 2022| 21:44 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।