शनिबार, मंसिर ६, २०८२

रातो मच्छिन्द्रनाथको मूर्तिलाई महास्नान [फोटो फिचर]

प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ।
 |  आइतबार, वैशाख ४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, वैशाख ४, २०७९

National life
Laxmi sunrise bank
kumari

ललितपुर- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्राको प्रक्रिया सुरु भएको छ।  जात्राको सुरुवात मानिने 'महास्नान' विधि सम्पन्न भएको हो। 

चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ। त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन। प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ। यसैलाई महास्नान भनिन्छ।

रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। रातो मच्छेन्द्रनाथको जात्राको सुरुवात मानिने 'महास्नान'का तस्बिरहरू:

प्रकाशित: Apr 17, 2022| 21:00 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।