आइतबार, मंसिर ७, २०८२

राखेपको बोर्ड बैठक चाँडै बस्छ : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राखेपको बोर्ड बैठक चाँडै बस्ने बताएका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राखेपको बोर्ड बैठक चाँडै बस्ने बताएका छन्। घिसिङले नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा बोर्ड बैठक चाँडै बस्ने बताएका हुन्।

National life

‘आजको बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ। अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो। त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन। मेरो नियुक्तिको अवधि ४ महिना बढी भए पनि मुद्दाका कारण काम गरेको १ महिना पनि भएको छैन। समन्वय समितिको बैठक आज बस्यो। अब बोर्ड बैठक पनि चाँडै बस्छ,’ सदस्यसचिव घिसिङले भने।

सदस्यसचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्। त्यस्तै, उनले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने पनि बताएका छन्। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने निर्णय भएको छ।

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ। हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला। आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु,’ सदस्यसचिव घिसिङले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो। त्यसैले पहिलो पटक बैठक बोलाइएको हो।’

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए। उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए।

Laxmi sunrise bank
kumari

बैठकमा सहभागी प्रदेशका सदस्यसचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनुपर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १–२ खेल थप्न पाउने प्रावधान बनाउनु पर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नुपर्ने, ऐनमा भएका जटिलतालाई फुकाउनु पर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनुपर्ने, गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व गर्ने गरी सबै जिल्लामा प्रतियोगिता सञ्चालन गर्नु पर्नेलगायतका विषयमा धारणा राखेका थिए।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पारेका थिए।

बैठकमा मधेसबाहेक ६ प्रदेशका सदस्यसचिव, नेपाल ओलम्पिक कमिटी र विभागीय क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो। मधेश प्रदेशमा भने सदस्यसचिव नियुक्त भइ नसकेकाले महिला, बालबालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थित थिए।

प्रकाशित: Apr 17, 2022| 17:04 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।