आइतबार, मंसिर ७, २०८२

लिग वानमा मेस्सीको टिम पीएसजी मार्सेसँग भिड्दै

फ्रेन्च लिग वानमा आज घरेलु टोली पीएसजीले मार्सेसँग खेल्दैछ। खेल पीएसजीको मैदान पार्क डे फ्रान्समा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– फ्रेन्च लिग वानमा आज घरेलु टोली पीएसजीले मार्सेसँग खेल्दैछ। खेल पीएसजीको मैदान पार्क डे फ्रान्समा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ।

National life

लिगका शीर्ष दुई टिमबीचको आजको खेललाई निकै महत्वका साथ हेरिएको छ। तालिकामा पीएसजी शीर्ष स्थानमा छ भने मार्से दोस्रो स्थानमा रहेको छ। दोस्रो स्थानको मार्से भन्दा पीएसजी १२ अंकले अगाडि रहेको छ। त्यसैले आजको खेलको नतिजाले उसलाई खासै प्रभाव भने पार्नेछैन। त्यसैले पीएसजी आज दबाबमा हुनेछैन।

तर अब बाँकी ३ खेल जित्यो भने पीएसजीले यो लिगको उपाधि जित्ने छ। त्यसैले बाँकी खेल पनि जितेर उपाधि भित्र्याउने दाउमा छ। पीएसजीको खातामा ३१ खेलबाट ७१ अंक छ भने मार्सेको खातामा ५९ अंक छ। दुवै टिमले समान खेल खेलेका छन्। बाँकी सबै प्रतियोगिताबाट बाहिरिसकेको पीएसजीले जित्न सक्ने यो नै एउटा मात्र उपाधि हो। 

आजको खेल मार्सेका समर्थकले रंगशालाभित्र पसेर हेर्न पाउनेछैनन्। लिग वानमा धेरै समर्थकले हिंसा भड्काएको र खेल नै अवरुद्ध गर्ने खालका गतिविधि गरेका कारण यस्तो प्रतिबन्ध लगाइएको हो। 

प्रकाशित: Apr 17, 2022| 16:29 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।