बुधबार, चैत ४, २०८२

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँ : स्वास्थ्य मन्त्रालय

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका हुन्। 

National life

गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको थियो। असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनपछि ‍चैत्र मसान्तसम्ममा १८ वर्षमाथिका सबैलाई खोप दिइने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त लक्ष्य लगभग पूरा भएको सहप्रवक्ता डा अधिकारीले बताएका हुन्। हालसम्म ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको उनको भनाइ छ। 

‘हामीले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेदेखि यो बीचको अवधिमा १८ वर्षमाथिको उमेरसमूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको थियो। यद्यपि पछि १२ वर्षभन्दा माथिको उमेर समूहलाई पनि लगाउन मिल्ने खोप पनि सिफारिस भयो। त्यसपछि खोप ल्याउने र लगाउने गरेका छौँ। लक्ष्यको कुरा जुन छ, हामीले त्यसमा खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रामा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौँ । लक्ष्य राखेअनुसार ९५ प्रतिशतलाई खोपको एक मात्रा लगाइसकिएको छ,' सहप्रवक्ता डा अधिकारीले भने, 'पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो। यद्यपी पूर्णमात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ। यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ। चैत्र ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रुपमा बन्द भएको होइन। संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकीलाई खोपको दायरामा ल्याउनको लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनको लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनै पर्छ।’

सह प्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएकोसमेत उल्लेख गरे। हालसम्म सरकारले कोरोनाबिरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत उनको छ। 

सहप्रवक्ता अधिकारीले सरकारले गत चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको र यही अभियानमा कोरोनाविरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई लगाउने काम जारी राखेको उल्लेख गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 17, 2022| 15:35 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्