बुधबार, असार ३१, २०८३

समाचार प्रभाव: संस्थागत ठगीका उजुरी बढे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाल समयले ठगी बारेको समाचार प्रकाशित गरेपछि आफूहरु पनि ठगीएको भन्दै प्रहरीमा आउनेको संख्या बढेको छ।
 
विभिन्न प्रलोभन देखाएर गाउँ-गाउँमा गई समूह निर्माण गरी रकम संकलन गरेर ठग्ने कल्पना बोगटी पक्राउ परेको समाचार पढेर थाहा पाएपछि आफूहरु ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा दिनहुँ थुप्रै मानिसहरु आउन थालेका हुन्।
 
कल्पना र उनका सहयोगी कर्मचारी भनिनेहरुले आफूहरुबाट बिना ब्याज लाखौँ रुपैँया ऋण दिने झुटो आश्वासन दिएर रकम संकलन गरेको भन्दै फुलबारी र अत्तरीया क्षेत्रबाट थुप्रै समुहले बुधबार प्रहरीमा निवेदन दिएका छन्। 

साविकको अत्तरीया-२ मालाखेतीबाट छुट्टाछुट्टै पाँच वटा समुहका एक सय ७० जनाबाट दुई लाख २७ हजार सात सय रुपैँया संकलन गरेको हर्क बहादुर सार्कीले बताए। बाख्रा, बुंगुर र भैँसी जे पाल्न चाहायो त्यहिका लागि समुह निर्माण गरी प्रतिव्यक्ति न्यूनतम् एक हजार देखि पाँच हजार दुई सयसम्म संकलन गरेको पीडितले सुनाए। मालाखेतीबाट दुई बर्ष पहिले नै रकम संकलन गरेको बुझिएको छ। ‘हामीले मालाखेती प्रहरी चौकीमा दुई पटक निवेदन दिँदा पनि कुनै सुनुवाई भएन’ मालाखेतीकै जमुना सार्कीले भनिन्,‘भैँसी पालन सम्बन्धी तालिम दिने भनेर एक दिन सदस्यहरु सबैलाई बोलाएर महिला हिंसा सम्बन्धी तालिम दियो त्यो पनि श्रीमानलाई नभन्नु भनेर सिकायो ।’

धनगढी उपमहानगरपालिका-१४ फुलवारीको स्याउलेका ११ जनाले पनि बुधबार प्रतिव्यक्ति पाँच हजार पाँच सयका दरले ६५ हजार पाँच सय आफूहरुबाट संकलन गरेको भन्दै प्रहरीमा निवेदन दिएका छन्। फुलवारीमै कार्यालय खोलेर गरिबी निवारण फेडोका नामले रकम संकलन गरेको पीडित गोरखबहादुर धामीले जानकारी दिए।



‘गरिवी निवारण भन्ने अनि धरौटी किन लग्ने त भन्दा धरौटी नलगे धेरै सदस्य भएर थेग्न नसकिने जवाफ दिए’, धामीले भने,‘धरौटी तीन महिना पछि फिर्ता हुन्छ भनेर रकम संकलन गरिएको हो।’ संस्थामा २१ करोड बजेट आउन लागेकाले एक पटकमा एक लाखका दरले दुई जनालाई बिना व्याजमा रकम दिने भनेको उनले सुनाए। फुलवारीकै अर्को टोलमा पनि समुह बनाएर रकम ठगी भएको उनले जानकारी दिए। 

कल्पनाले डा आरजु राणा देउवा अध्यक्ष रहेको संस्था रुडुककोसमेत यसमा संलग्नता रहेको भन्दै रकम संकलन गर्ने गरेको बुझिएको छ। दलित महिला संघ (फेडो) को नाममा नक्कली संस्था खोलेर कैलाली र कञ्चनपुरका विभिन्न गाउँमा समुह निर्माण गरी रकम ठग्ने कल्पना बोगटी कैलाली प्रहरी हिरासतमा छन्। 

उनले रकम संकलनका लागि खटाएका दुई किशोरीलाई चौमालामा रकम संकलन गर्दै गर्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएपछि कल्पनाको ठगीको पोल खुलेको हो। 

रकम संकलनका लागि खटाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ की सुनिता भण्डारी र दुर्गा भट्टलाई छुटाउन जिल्ला प्रहरी कार्यालय पुगेकी कल्पनालाई प्रहरीले आइतबार नियन्त्रणमा राखेको हो। उनीसँगै दुर्गा र सुनिता पनि प्रहरी हिरासतमा छन्। 

सोमबार जिल्ला अदालतबाट सात दिन म्याद थपेर घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीले जानकारी दिए। कञ्चनपुरमा पनि थुप्रैबाट रकम संकलन गरिएको बुझिए पनि हाल सम्म प्रहरीमा निवेदन परेको छैन भने कैलालीमा मात्र हाल सम्म करिव १० लाख ठगी गरेको प्रहरीमा निवेदन परेको छ। कल्पनाका श्रीमान नेपाली सेनामा कार्यरत छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।