आइतबार, मंसिर ७, २०८२

लुका मोड्रिचको करियरको अन्त्य रियल मड्रिडमै

क्रोयेसियन कप्तान तथा स्पेनिस टोली रियल मड्रिडका ३६ वर्षे स्टार मिडफिल्डर लुका मोड्रिच आफ्नो करियरको अन्तिम अन्तिम चरणमा आइपुगिसकेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- क्रोयेसियन कप्तान तथा स्पेनिस टोली रियल मड्रिडका ३६ वर्षे स्टार मिडफिल्डर लुका मोड्रिच आफ्नो करियरको अन्तिम अन्तिम चरणमा आइपुगिसकेका छन्। 

National life

करियरको अन्तिम चरणमा आइपुग्दा अब उनी रियलमै रहने वा कुनै अर्को क्लबमा जाने भन्ने प्रश्न उठ्न थालिसकेको छ।

यसै प्रसंगमा रियलका प्रशिक्षक कार्लो एन्टोलोटीले मिडियासँग कुरा गर्दै मोड्रिचले आफ्नो करियर रियल मड्रिडमै अन्त्य गर्ने बताएका छन्।

मोड्रिचले कहिले संन्यास लिन्छन् थाहा नभएको तर लिँदा पनि रियलबाट नै लिने कल्ब र मोड्रचको योजना भएको बताएका छन्।   

मोड्रिचलाई पनि रियलसँग सम्झौता थप गर्न र यहीबाट संन्यास लिन कुनै समस्या नभएको र उनी यही खुसी रहेको पनि बताएका छन्।

Laxmi sunrise bank
kumari

सन् २०१२ मा इंग्लिस क्लब टोट्नम हट्सपर बाट ३०मिलियन युरोमा स्पेनिस क्लब रियल मड्रिड आएका थिए। उनले रियलका लागि १७ वटा उपाधि जितिसकेका छन्, जसमा चार वटा च्याम्पियन लिगसमेत समावेश छ। 

उनले रियल मड्रिडबाट नै फुटबल जगतको सबैभन्दा ठूलो अवार्ड  वालोन डी ओरसमेत जितेका छन्। उनी रियल मड्रिडका लिजेन्ड खेलाडी मध्येका एक हुन्।

प्रकाशित: Apr 17, 2022| 13:20 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।