आइतबार, मंसिर ७, २०८२

‘युनाइटेडलाई रोनाल्डोको महत्त्व अझै धेरै’

शनिबार राति म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ गोलको जित निकाल्यो। जितका लागि पोर्चुगित स्ट्राइकर क्रिस्टियाने रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक गरे।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- शनिबार राति म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ गोलको जित निकाल्यो। जितका लागि पोर्चुगित स्ट्राइकर क्रिस्टियाने रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक गरे।

National life

यससँगै युनाइटेडले ३–० को अग्रता बनाएको थियो। फेरि एकपटक रोनाल्डोले घरेलु समर्थकमाझ आफ्नो जादुई प्रदर्शन प्रस्तुत गरेका छन्।

तर पछिल्लो समय रोनाल्डोलाई म्यानचेस्टरको समस्याका रूपमा व्याख्या गरिँदै आएको थियो। त्यस्तै, उनी युनाइटेड आउनुअघि उनलाई त्यहाँको समस्याको समाधान गर्नसक्ने खेलाडीका रूपमा पनि लिइँदै आएको थियो।

तर उनले युनाइटेडको समस्या समाधान गरे कि समस्या थप बल्झलाए ? यस विषयमा विभिन्न तर्क पनि हुने गरेका छन्। लिगमै पनि युनाइटेडले पछिल्लो समय राम्रो गर्न सकिरहेको छैन। उसले यसअघि इभर्टनसँग हार बेहोरेको थियो भने च्याम्पियन्स लिगमा पनि एट्लेटिको मड्रिडसँग पराजित भएको थियो।

त्यसैले यो वर्षका लागि युनाइटेडको च्याम्पियन्स लिगको यात्रा सकिएको छ। तर शनिबार राति रोनाल्डोले २६ औं मिनेटमै ह्याट्रिक पुरा गरेपछि अर्को सिजनको च्याम्पियन्स लिगको लागि युनाइटेडको आशा जीवितै रहेको छ।

Laxmi sunrise bank
kumari

यससँगै उनले प्रिमियर लिगमा ९९ गोल पनि पुर्‍याएका छन्। र, उनले यो सिजनमा प्रिमियरलिगमा १५ गोल गरिसकेर गोल तालिकाको तेस्रो नम्बरमा छन्। त्यस्तै, यो लगातार २० वर्ष पुरा भएको छ कि रोनाल्डोले २० गोल गरिसकेका छन्।

उनले दुई खेलअघि पनि लिगमा ह्याट्रिक गर्दै टोटेनहमविरुद्ध जित दिलाएका थिए। त्यो खेलमा पनि युनाइटेडले ३–२ गोलको जित निकालेको थियो।

‘यो खेल सकिएसँगै भन्न चाहन्छु कि यो मेरो निर्णय होइन,’ युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले भने, ‘सम्झौतामा उनीसँग अर्को वर्ष पनि छ। यो नयाँ प्रशिक्षक र बोर्डले गर्ने निर्णय हो कि उनी युनाइटेडमा रहन्छन् वा रहँदैनन्।’

‘उनले टोटेनहम र आज जुन खेल देखाए उनी खेलमा परिवर्तन ल्याउन सक्ने खेलाडी हुन्। र उनी उत्कृष्ट गोलस्कोर पनि हुन्,’ प्रशिक्षकले थपे।

गएरातिको जितसँगै युनाइटेड ५४ अंकका साग लिगको पाँचौँ स्थानमा कायम छ। ५७ अंक भएको टोटेनहम चौथौँ  स्थानमा छ।

अब युनाइटेडले अर्को खेलमा लिभरपुगको सामना गर्नेछ। पछिल्लो लेगको खेलमा युनाइटेडले लिभरपुलसँग लज्जास्पद हार बेहोरेको थियो। यो गएराति पनि लिभरपुलले सिटीलाई हराएर एफए कपको फाइनलमा पुगेको छ।

प्रकाशित: Apr 17, 2022| 09:00 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।