बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दिनेशको सानदार प्रदर्शनमा बैंगलोरले दिल्ली क्यापिटललाई हरायो

दिनेशको सानदार प्रदर्शनमा बैंगलोरले दिल्ली क्यापिटललाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटललाई १६ रनले हराएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटललाई १६ रनले हराएको छ। शनिबार राति वांखडे रंगशालामा सम्पन्न भएको खेलमा टस हारेर पहिले ब्याटिङको अवसर पाएको बैंगलोरले दिल्लीमाथि जित निकालेको हो।

जित निकाल्ने क्रममा पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा बैंगलोरले १८९ रन बनाएर १९० रनको लक्ष्य प्रदान गरेको थियो। जवाफमा दिल्लीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

बैंगलोरका लागि दिनेश कार्तिकले सबैभन्दा धेरै ६६ रन बनाएर अविजित रहे। उनले यो रन ३४ बलमा मात्र बनाएका थिए। त्यस्तै ग्लेन म्याक्सवेलले पनि ३४ बलमा ५५ रन बनाए। त्यसबेला दिल्लीका श्रर्दुल ठाकुर, खलिल अहमद, अक्षर पटेल र कुलदिप यादवले समान १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा डेविड वार्नरले ६६ रन बनाए पनि उनले दिल्लीलाई जित दिलाउन सकेनन्। कप्तान एवम् विकेटकिपर ऋषभ पन्तले पनि ३४ रनको योगदान दिए। तर बैंगलोरका जोस हज्लेवुडले ३, मोहम्मद सिरजले दुई विकेट लिँदै दिल्लीलाई लक्ष्य पुरा गर्न दिएनन्।

खेलमा म्यान अफ दि म्याच रहे दिनेश कार्तिक। उनले इन्डियाको टिममा आफूले पनि ठाउँ पाउनुपर्ने दाबी गरेका छन्। ‘मैले भन्नैपर्छ कि मेरो लक्ष्य ठूलो छ,’ दिनेशले भने, ‘मैले धेरै मेहेनेत गरिरहेको छु। धेरै मानिसले विश्वासै गर्न सक्दैनन्। तर मेरो लक्ष्य देशकालागि केही गर्ने छ। म देशको टिममा हुनका लागि जस्तो मेहेनेत पनि गर्न सक्छु। त्यसको दिशामा आजको खेल पनि एक खुड्किलो हो।’

kumari

यो जितसँगै बैंगलोरले ६ खेलबाट चार जितसहित आठ अंक बनाएको छ। बैंगलोर जारी आईपीएलमा आठ अंक बनाउने तेस्रो टिमसमेत हो। यसअघि नयाँ क्लब लखनौं र गुजरातले आठ अंक बनाएका थिए।

प्रकाशित: Apr 17, 2022| 08:45 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।