बुधबार, फागुन २०, २०८२

लिभरपुलको अहिलेसम्मै सबैभन्दा राम्रो प्रदर्शन : क्लोप

इंग्लिस प्रिमियर लिग (ईपीएल) का उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलबीच एफए कपको सेमिफाइनलमा भएको खेलमा लिभरपुलले जित निकालेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) का उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलबीच एफए कपको सेमिफाइनलमा भएको खेलमा लिभरपुलले जित निकालेको छ।

यो जितपछि कुरा गर्दै लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलले शनिबार राति अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन गरेको बताएका छन्। ‘एकदमै गर्व गर्ने खालको र अविश्वासनीय,’ क्लोपले खेलबारे भने, ‘हामीले खेलेको मध्ये पहिलो हाफ अहिलेसम्मकै उत्कृष्टमा पर्छ। हामीले स्कोरका लागि धेरै कुरा गर्‍यौँ। मलाई यो खेलको हरेक सेकेन्ड मन पर्‍यो।’

वेम्बली रंगशालामा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले सिटीलाई ३–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।

तर खेलको दोस्रो हाफमा सिटीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो। ‘हामी सिटीलाई धेरै सम्मान गर्छौं र उविरुद्ध जित निकाल्न पनि गाह्रो हुन्छ। तर हाम्रो ड्रेसिङ रूपमा यी खेलाडी भएकाले हामीलाई जितको अवसर छ,’क्लोपले भनेका छन्।

लिभरपुलको जितका लागि साडियो मानेले दुई गोल गरे भने इब्राहिम कोन्टेले एक गोल गरेका थिए। यता सिटीका लागि भने ज्याक ग्रिलिस र बर्नान्डो सिल्वाले सामना १–१ गोल फर्काए।

kumari

यसअघि प्रिमियर लिगको खेलमा पनि लिभरपुलले सिटीसँग २–२ को बराबरी खेलेको थियो। त्यो खेल चाहिँ इतिहाद रंगशालामा भएको थियो। लिगमा सिटी र लिभरपुल उपाधिका लागि संघर्ष गरिरहेका छन्। जहाँ सिटी एक अंकले अघि रहेको छ।

तर एफए कपमा हार बेहोरेपछि सिटीले ट्रिबलको अवसर भने गुमाएको छ। यता लिभरपुल र सिटी दुवै क्लब च्याम्पियन्स लिगको पनि सेमिफाइनलमा पुगेका छन्।

यता लिभरपुलले यसअघि नै लिग कप जितिसकेको छ। त्यसैले उसले एकै सिजन चार उपाधि त जित्ने इच्छा राखेको छैन ? ‘म चार उपाधि नै जितिन्छ भन्नेमा विश्वास गर्दिन। हामी फाइनल पुगेका मात्र हौँ,’ क्लोपले भने, ‘यो फाइनलमा पुगेकाले हामीलाई क्वार्डपोल इभेन्टमा अझै असर गरेको चाहिँ छ।’

एफए कपको दोस्रो सेमिफाइनल खेलमा आज राति चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्दैछ।

प्रकाशित: Apr 17, 2022| 08:05 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।