आइतबार, मंसिर ७, २०८२

लिभरपुल एफए कपको फाइनलमा

लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ। सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ। सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो।

National life

यससँगै लिभरपुलको जारी सिजन चार उपाधि जित्ने सम्भावना कायम रहेको छ। यसअघि लिभरपुलले लिग कपको उपाधि जितिसकेको छ। 

आज एफए कपको फाइनलमा स्थान बनाउन सफल लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। लिभरपुल प्रिमियर लिगको पनि उपाधि होडमा छ। लिगमा लिभरपुल शीर्ष क्लब सिटीभन्दा एक अंकले मात्र पछाडि छ। 

गएराति लन्डनस्थित वेम्बली रंगशालामा पहिलो हाफ लिभरपुलले एक पक्षीय बनाएको थियो। लिभरपुलले नवौं मिनेटमा इब्राहिमा कोनाटेको गोलबाट अग्रता लिएको थियो। १७औं मिनेटमा मानेले दोस्रो गोल थपे। ४५औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। 

दोस्रो हाफमा सिटीले सुधारिएको प्रदर्शन गरे पनि लिभरपुललाई रोक्न भने सकेन। ४७औं मिनेटमा सिटीका ज्याक ग्रालिशले गोल फर्काए। चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमै बर्नान्डो सिल्भाले गोल फर्काए पनि सिटीलाई बराबरी गर्न धेरै ढिला भइसकेको थियो। यससँगै लिभरपुल २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 17, 2022| 06:29 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।