बुधबार, असार ३१, २०८३

भारतमा अलपत्र पारिएका ३९ महिलाको उद्दार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वैदेशिक रोजगारीको नाममा भारतमा पुर्‍यार्इ अलपत्र पारिएका ३९ महिलालाई बुधबार नयाँ दिल्लीको पहाडगन्जस्थित एक होटलबाट उद्धार गरीएको छ। 

मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध काम गरिरहेको संस्था केआई नेपालको पहलमा दिल्ली प्रहरी तथा दिल्ली महिला आयोगले ह्रिडे इन होटलबाट उद्धार गरिएको हो।

गैह्र कानुनी रुपमा आर्कषक तलबको प्रलोभन देखाई कुवेत, बहराईन अफगानीस्थान, दुवईलगायतका मुलुकमा पठाउने भन्दै दिल्लीमा अलत्र पारिएका महिलाहरुको उद्दार गरिएको केआई नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईले नेपाल समयलाई जानकारी दिए।  

बर्षेनी हजारौको संख्यामा महिलाहरु गैह्‍कानुनी रुपमा भारत हुँदै खाडी मुलुक पुर्‍याइ यौनजन्य क्रियाकलापमा संलग्न गराइदै आएको संस्थाले जनाएको छ। नेपाल हुँदै विभिन्न मुलुक जान लागेका १६ जना महिलालाई केआइ नेपालको पहलमा गत बुधबार नयाँ दिल्लीको मुर्निका उद्दार गरिएको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।