शनिबार, वैशाख २२, २०८१

नेविसंघको चाबी 'ए लेभल' दुजाङको हातमा

‘कसैको आशीर्वाद पाएर वा गुलामी गरेर सभापति भएको भन्‍ने कुरा गलत हो। मेरो क्षमताको मूल्यांकन पार्टीले गरेको छ। गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्रयाकमा ल्याउन पाएको जिम्मेवारी पूरा गरेर देखाउँछु।
 |  आइतबार, वैशाख ४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- कोरोना महामारीको भयावह। राज्यले लगाएको लकडाउन। सबै नागरिक घरभित्र थुनिएको अवस्था। स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अग्रपंक्तिमा खटिनुपर्ने पेसा व्यवसायमा संलग‍न भएकाहरू भने कोरोनाविरुद्धको लडाइँमा मैदानमा थिए।

triton college

महामारीको पहिलो लहरमा त स्वास्थ्यकर्मीसँग व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समेत पर्याप्त थिएन। अक्सिजन र बेडको हाहाकार भइरहँदा स्वास्थ्यकर्मीले आफू बस्‍ने बेञ्च तथा कुर्सीमासमेत संक्रमित राखेर उपचार गरे। दिनरात भोक तिर्खा नभनी युद्धस्तरमा महामारीको सामना गरे।

तीनै ‘फ्रन्टलाइनर’को सम्मानमा काठमाडौंको रत्‍नपार्कस्थित आकाशे पुलको भित्तामा एउटा चित्र बन्यो। त्यसबेला उक्त मुरलले व्यापक चर्चा पायो। तर, महानगरले त्यो चित्रलाई रहिरहन दिएन। हुन त नागरिकको आवाज दबाउनु सत्ताको चरित्र नै हो। काठमाडौं महानगरले पनि आफ्नो चरित्र देखायो।

रत्‍नपार्कको पुलमुनी बनेको त्यो चित्रका परिकल्पनाकार थिए- दुजाङ शेर्पा। तीनै शेर्पा अहिले नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को सभापतिमा मनोनित भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको अधिवेशन गर्नुपर्ने शर्तसहित उनलाई मनोनयन गरे।

रोचक त के भने, आजसम्म नेविसंघभित्र भएका कुनै अधिवेशनमा जित हासिल नगरेका शेर्पा मनोनित सभापति हुन सफल भए। उनले क्याम्पसको राजनीतिदेखि नेविसंघको केन्द्रीय कमिटीसम्मका विभिन्‍न अधिवेशनमा पराजय बेहोरे। शंकरदेव क्याम्पस सभापतिमा हरिस भण्डारीसँग होस् या नेविसंघ सहमहामन्त्रीमा, दुजाङले कुनै पनि अधिवेशनमा विजयी मत बटुल्न सकेनन्। 

corrent noodles
Metro Mart

मतदाताको रोजाइँमा नपरे पनि दुजाङ पार्टी सभापतिको रोजाइमा परे। पृष्ठभूमिमा रहेर गरिएका विभिन्‍न योगदानको मूल्यांकन गरेरै पार्टीले नेविसंघ सभापति बनाएको उनको दाबी छ। ‘कतै टिममा नपरेर त कतै अन्य कारणले हार बेहोर्नुपरेको थियो। तर, मैले आफ्नो मुद्दा नछोडि संघठनको निम्ति खटिइरहेँ। पार्टीले यिनै कुराहरुको उचित मूल्यांकन गर्‍यो भन्ने लाग्छ,’ उनले भने।

क्याम्पसको राजनीतिदेखि नेविसंघको केन्द्रीय कमिटीसम्मका विभिन्‍न अधिवेशनमा दुजाङले पराजय बेहोरे। शंकरदेव क्याम्पस सभापतिमा हरिस भण्डारीसँग होस् या नेविसंघ सहमहामन्त्रीमा, दुजाङले कुनै पनि अधिवेशनमा विजयी मत बटुल्न सकेनन्। 

शंकरदेवमा पहिलो नजर

दुजाङ सानैदेखि राजनीतिलाई चासोपूर्वक हेर्थे। घरमा आमा-बुबा ‘डेमोक्रेट्स’ नै रहेकोले कांग्रेसलाई पनि राम्रोसँग चिन्‍ने मौका पाएका थिए। त्यसैले मल्पी स्कुलबाट ए-लेभलको पढाइ सकेपछि राजनीतिक माहोलमै घुलमिल हुने इच्छा उनमा जाग्यो। बा-आमा अमेरिकामा रहेकोले उतै गएर पढ्ने अवसर पनि उनलाई नआएको होइन। तर, उनको रोजाइ भने काठमाडौंकै शंकरदेव क्याम्पस बन्यो।

ए-लेभलमा ‘कमर्स’ पढेकोले स्‍नातकमा पनि बीबीएस पढे। राजनीतिक सञ्‍जालसँग जोडिन र राजनीतिक सुझबुझलाई थप निखार्न पाइन्छ भनेर उनी शंकरदेवमा भर्ना भए। 

०६२ सालमा भर्खरै स्ववीयू चुनाव सम्पन्‍न भएको थियो। त्यहीबेला दुजाङ शंकरदेवमा पढ्न पुगे। फारम बोकेर यताउता डुलिरहने विद्यार्थी नेतादेखि क्याम्पसका अन्य बेथिति उनको नजरमा पर्‍यो। उमेर ढल्किसक्दा पनि क्याम्पसको राजनीति नछोडेका नेताहरु देखे। 

विद्यार्थी राजनीतिमा त्यसरी सिन्डीकेट लगाएर बस्‍ने नेताहरु देखेर उनलाई चित्त बुझिरहेको थिएन। यस्ता कुराको अन्त्य हुनुपर्छ भन्ने अठोट लिएर क्याम्पसको राजनीतिमा होमिए।

दुजाङकाअनुसार त्यसबेला क्याम्पसको परिसरभित्र खुलमखुल्ला चुरोट खाने चलन थियो। जुन चलन भत्काउन क्याम्पसमा अभियान नै चलाउन पर्‍यो। त्यस्तै पुस्तकालयको अवस्था पनि भद्रगोल थियो। विद्यार्थीले किताब नपाउने समस्या समाधान गर्न उनले सुरुवाती चरणदेखि नै पहल गरे। 

यद्यपि, अहिले विभिन्‍न सामूदायिक क्याम्पसहरुमा यस्ता समस्या यथावत छन्। शतप्रतिशत समाधान नभए पनि दुजाङले आफ्नो तर्फबाट गर्ने पहल भने छोडेनन्।  त्यसैले उनी बीबीएस प्रथम वर्षमै कक्षा कमिटीको सभापतिको रुपमा छानिए। बीबीएस संकायकै संयोजक भए। क्याम्पसको नेविसंघ इकाई कोषाध्यक्षमा पनि उनलाई मनोनित गरिएको थियो। विवाद आएपछि त्यसबाट राजीनामा दिनुपर्‍यो। तर, राजीनामा स्वीकृत भने भएन।

स्‍नातक तेस्रो वर्षमा पुग्दा दुजाङले इकाइ अध्यक्षमा दाबी गरे। त्यसबेला उनले हरिस भण्डारीसँग चुनाव हारेर दोस्रो भए। अर्का प्रतिद्धन्दी तारामान रावल भने तेस्रो भएका थिए। इकाइ सभापतिमा पराजय बेहोरेपछि स्ववियू सभापतिमा उनको दाबी थियो। त्यस्तै, ०७२ सालमा पनि स्ववियू सभापतिमै दाबी गरेर दौडधुप गरे। तर, त्यसबेला चुनाब हुन सकेन। र, उनले क्याम्पसको राजनीति छोडिदिए।

 महर र ढुंगानाको कमिटीले पनि गराउन नसकेको अधिवेशन सम्पन्‍न गराउने जिम्मेवारी दुजाङकै काँधमा आइपुगेको छ। 

स्ववियूमा २८ वर्षे उमेरहद लाग्‍नुपर्छ भन्दै अभियानमा पनि सहभागी भएका थिए, दुजाङ। अन्तत: स्ववियू चुनाव गराउने प्रतिबद्धतासँगै २८ वर्षे उमेरहद लाग्‍ने निर्णय आयो। त्रिभुवन विश्वविद्यालयले स्ववियू चुनाव गराउने भनेपछि १६ वटा क्याम्पसको इकाइ सभापति र ३२ वटा क्याम्पसका प्रतिनिधि राखेर उनले आफ्नो नेतृत्वमा कार्यक्रम गरे। तत्काल कार्यतालिका निकाल्न दबाब दिए। र, त्यसको दुई दिनमा त्रिविले चुनावको तालिका निकाल्यो। तर, काठमाडौंको कतिपय ठूला क्याम्पसमा भने त्यसबेला पनि चुनाव हुनसकेन। 

क्याम्पसको आन्तरिक चुनावमा हार बेहोरेपछि उनले राजधानी बाहिरका क्याम्पसमा सक्रियता बढाउन थाले। केन्द्रीय कमिटीमा लड्ने योजना सहित उनले सक्रियता बढाए। नेविसंघको ११ औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बने। यसमा पनि उनले जित्‍न सकेनन्।

त्यसपछि नेविसंघको महाअधिवेशन हुनसकेको छैन। सहमहामन्त्रीको चुनाव हारेपछि सभापति नै ताक्ने योजनामा दुजाङ थिए। नैनसिंह महरको कमिटी महाधिवेशन गराउन असफल भएपछि उनलाई बर्खास्त गर्दै महाधिवेशन गराउने जिम्वारीसहित राजीव ढुंगानालाई अध्यक्ष तोकियो। तर, अझै महाधिवेशन हुन सकेको छैन। नेविसंघ तथर्दवादकै वरपर रुमलिएको स्थिति छ। महर र ढुंगानाको कमिटीले पनि गराउन नसकेको अधिवेशन सम्पन्‍न गराउने जिम्मेवारी दुजाङकै काँधमा आइपुगेको छ। 

सभापति हुन गुट परिवर्तन ! 
क्याम्पसदेखि सहमहामन्त्रीसम्मको उम्मेदवार बन्दा पराजय बेहोरेका दुजाङलाई मनोनयनमा पर्नकै लागि समूह फेरबदल गरेको आरोप छ। उनका निकटहरु नै अधिवेशनबाट पार नलाग्‍ने देखेपछि दुजाङले मनोनयनमा पर्ने दाउ हेरेको आरोप लगाउँछन्।

क्याम्पसको राजनीतिदेखि सहमहामन्त्रीको उम्मेदवार रहुन्जेलसम्म दुजाङ कृष्ण सिटौला समूहमा थिए। त्यसपछि उनी देउवा समूहमा लागे। नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा खुलेरै देउवाको सहयोग गरे। १३ औँ र १४ औँ महाधिवेशनमा पनि पार्टी सभापतिमा देउवालाई नै मतदान गरेको उनको दाबी छ। 

‘कसैको आशीर्वाद पाएर वा गुलामी गरेर सभापति भएको भन्‍ने कुरा गलत हो। मेरो क्षमताको मूल्यांकन पार्टीले गरेको छ। गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्रयाकमा ल्याउन पाएको जिम्मेवारी पूरा गरेर देखाउँछु।

कांग्रेस नेता प्रकाशशरण महत र देउवा पत्‍नी आरजु राणाको निकट रहेकोले पनि नेविसंघ सभापतिमा मनोनित भएको आरोप दुजाङमाथि छ। यद्यपि, यी आरोप स्वीकार्न उनी तयार छैनन्। भन्छन्, ‘कसैको आशीर्वाद पाएर वा गुलामी गरेर सभापति भएको भन्‍ने कुरा गलत हो। मेरो क्षमताको मूल्यांकन पार्टीले गरेको छ। गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्रयाकमा ल्याउन पाएको जिम्मेवारी पूरा गरेर देखाउँछु।’ 

अधिवेशनमा जोड
नेविसंघ सभापति बनेका दुजाङको जोड अधिवेशन गराउनेमा छ। सबै तहको निर्वाचनको परिणाम आएको तीन महिनाभित्र अधिवेशन सम्पन्‍न गराउने गरी काम गर्नुपर्ने दबाब उनमा छ। त्यसैले अधिवेशन गराउनमा आफ्नो ध्यान केन्द्रित रहेको उनी बताउँछन्।

‘विद्यार्थी आन्दोलनलाई विश्वसनीय बनाउनु पर्नेछ। साथीहरुकै आन्दोलनमा पनि बाहिरी माग एउटा, स्वार्थ अर्को देखिने समस्या बढेको छ। यस्तो प्रवृत्तिको अन्त्य गर्नुछ,’ उनले भने, ‘अर्को, मेरो प्रमुख उद्देश्य भनेको- अधिवेशन, अधिवेशन, अधिवेशन...।'

त्यसको लागि नेविसंघमा सदस्यता अभियान चलिरहेको दुजाङ बताउँछन्। सदस्यता अभियानले स्थानीय तहको चुनावलाई पनि सघाउ पुर्‍याउने उनको भनाइ छ। उनकाअनुसार सदस्यता अभियानको ६ लाख ‘पिस’ कार्ड छाप्‍न अर्डर दिइएको छ। त्यसमध्येमा डेढलाख पिस नेविसंघको हात लागिसकेको छ। 

यस्तै, नेविसंघ केन्द्रीय समितिका नेताहरुको लागि नयाँ आचारसंहिता लागु गर्ने योजनामा दुजाङ छन्। केन्द्रीय समितिका नेताहरु बाहिरी जिल्लामा जाँदा तडकभडक देखाएर होटल वा सानदार ठाउँमा बस्‍न नपाउने नियम लागउने उनले बताए। ‘कि विद्यार्थीको होस्टलमा बस्‍नुपर्छ, कि जिल्लाकै नेविसंघका साथीहरुको गाउँघरमा बस्‍नुपर्छ। यसले हामीमा हार्दिकता बढाउनुका साथै संगठनलाई पनि दह्रो बनाउँछ,’ उनले भने।

प्रकाशित: Apr 17, 2022| 08:15 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...