बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदीय समितिको बैठक शुरु, प्रधानन्यायाधीसको निर्णय के होला?

संसदीय समितिको बैठक शुरु, प्रधानन्यायाधीसको निर्णय के होला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीस दिपकराज जोशीको विषयमा छलफल गर्न संसदीय सुनुवार्इ समितिको औपचारिक बैठक शुरु भएको छ। सुनुवाइ सकिएको छ दिन बितिसक्दा पनि निर्णय हुन नसक्दा थप जटिलता थपिएकोले आजै निर्ण गर्ने गरी समितिका सदस्यहरु सभाहल प्रवेश गरेका छन्।

संसदीय सुनुवाइ विशेष समितिको अनौपचारिक छलफल चलिरहेका बेला सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरमका सांसदहरू राज्य व्यवस्था समितिको पुरानो हलमा अलग्गै हलमा गएर बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार छलफल गर्न र आजै अस्वीकृतको निर्णय गर्नेगरी सत्तापक्षका सदस्यहरु हल प्रवेश गरेका छन्। 

तर, नेपाली कांग्रेसले भने दुर्इ तिहाइको दम्भ देखाएर आजै अस्वीकृतको निर्णय गर्न खोजे बैठक छोडेर बाहिर निस्किने तयारीमा छन्। कांग्रेसले उपसिमित गठन गर्नुपर्ने वा विस्तृत छलफल गरी सत्यतथ्य पत्ता लगाउन समय थप गर्नुपर्ने माग राखेको छ। 

नेकपाबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु सुरक्षा व्यवस्थासहित कडा निर्णय गर्ने मनस्थितिमा छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।