बुधबार, चैत ४, २०८२

फोक्सोलाई स्वस्थ कसरी राख्‍ने?

शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न पर्याप्त मात्रामा अक्सिजन चाहिन्छ। फोक्सोले अक्सिजन संकलन गरी शरीरका सबै अंगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न पर्याप्त मात्रामा अक्सिजन चाहिन्छ। फोक्सोले अक्सिजन संकलन गरी शरीरका सबै अंगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ। यस्तो अवस्थामा स्वस्थ रहन र सही तरिकामा निरन्तर काम गरिरहनु  महत्त्वपूर्ण छ।

National life

फोक्सोको क्षमतामा कमजोरीको प्रभावले शरीरका अन्य अंगको कार्यलाई पनि असर गर्नसक्छ। त्यसैले फोक्सोको राम्रो स्वास्थ्य कायम राख्न निरन्तर प्रयास गर्न आवश्यक छ।

हाम्रो फोक्सोको कार्य समयसँगै बिस्तारै घट्दै जान्छ। जसले विभिन्न प्रकारका श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याहरूको जोखिम बढाउँछ। खानपान, जीवनशैली र नियमित व्यायामले यस अंगलाई स्वस्थ राख्न मद्दत गर्छ।

धुमपान

धुमपान फोक्सोका लागि सबैभन्दा हानिकारक मानिन्छ। चुरोटको धुवाँले हावाको बाटो साँघुरो बनाउन सक्छ, यसले सास फेर्न गाह्रो बनाउँछ, सुन्निने वा फोक्सोको समस्या पनि निम्त्याउँछ। लामो समयसम्म चुरोट पिउने व्यक्तिहरूमा पनि फोक्सोको तन्तुमा क्षति पुग्ने गरेको पाइएको छ। 

Laxmi sunrise bank
kumari

भित्री प्रदूषण

फोक्सोमा रोग बढ्नुको प्रमुख कारण घरभित्रको प्रदूषण पनि मानिन्छ। घर र कार्यस्थलमा अपर्याप्त हावा कारणले फोक्सोको गम्भीर रोग निम्त्याउन सक्छ। तिनीहरूबाट विशेष सुरक्षा राख्न आवश्यक छ। 

आफ्नो घर, विद्यालय वा कार्यस्थलमा भेन्टिलेसनको उचित व्यवस्था सुनिश्चित गर्नुहोस् ताकि त्यस्ता गम्भीर रोगहरूको जोखिमलाई कम गर्न सकिन्छ।

व्यायाम 

फोक्सोको रोगबाट बच्न र स्वस्थ राख्नको लागि नियमित व्यायाम विशेषगरी श्वासप्रश्वासको व्यायाम आवश्यक मानिन्छ। शारीरिक रूपमा सक्रिय रहन तपाईंको फोक्सो स्वस्थ राख्न मद्दत गर्न सक्छ। फोक्सोको राम्रो स्वास्थ्यका लागि श्वासप्रश्वासको अभ्यासलाई बढी फाइदाजनक मानिन्छ।

फोक्सो स्वस्थ कसरी राख्ने?

- एन्टिअक्सिडेन्ट युक्त खानेकुरा खानुपर्दछ। 

- फ्लु र निमोनिया खोपहरू लगाउनु पर्दछ। यसले फोक्सोको संक्रमणलाई रोक्न र फोक्सोको स्वास्थ्यलाई बढवा दिन मद्दत गर्दछ।

- दैनिक व्यायाम गर्नाले हाम्रो फोक्सोलाई राम्रोसँग काम गर्न मद्दत गर्छ।

-  घर भित्रको प्रदुषणलाई एयर फिल्टर जस्ता उपकरणहरू प्रयोग गर्नुपर्दछ। 

अमर उजालाबाट

प्रकाशित: Apr 17, 2022| 06:00 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्