शनिबार, असार ६, २०८३

नाबालिगमाथि यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ

धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

धनगढी- धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ परेका छन्। 

National life

धनगढी उपमहानगरपालिका-४ का स्थानीय जगत कुँवरलाई ११ वर्षीय बालिकामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। संवेदनशील अंगमा छोएर जबरजस्ती गर्न खोजेको भन्दै बालिकाले कुँवरविरुद्ध जाहेरी दिएकी छन्।

उनको जाहेरीका आधारमा कुवँरलाई गत चैत ३० गते नै पक्राउ गरिएको थियो। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 16, 2022| 08:50 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।