शनिबार, असार ६, २०८३

एक नेपाली युवक भारतमा मृत फेला

जिल्लाको बडिमालिका नगरपालिका-१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

बाजुरा- बाजुराका एक युवक भारतमा मृत फेला परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका-१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

National life

बाजुराबाट करिब ६ महिनाअघि नै श्रीमतीसहित भारत गएका उनी वैशाख १ गते बिहान ९ बजे नदीमा मृत अवस्थामा फेला परेका हुन। 

कोठाबाट बिहान ५ बजे निस्केका पण्डित ९ बजेसम्म पनि कोठामा नआएपछि उनकी श्रीमती लगायत आफन्तले खोजी गर्दा नजिकैको नदीमा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन्।

मृत फेला परेका उनलाई पुलिसले पौडी जिल्ला अस्पताल लगेको र शुक्रबार पाबुमा अन्तिम संस्कार गरिएको आफन्त लालचन्द्र पाध्याले बताए।

प्रकाशित: Apr 16, 2022| 08:40 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।