बिहीबार, चैत १९, २०८२

मोरङका ४९ मतदानस्थल अति संवेदनशील

मोरङका ४९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

विराटनगर- मोरङका ४९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।

National life

तीन सय मतदान स्थलका मध्ये ४९ वटा अतिसंवेदनशील, १ सय ५५ वटा संवेदनशील तथा ९६ वटालाई सामान्य मतदान स्थलको सूचीमा राखिएको हो। ३ सय मतदान स्थलका ८ सय २० मतदान केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमनलाई तीव्रता दिएको छ। 

सुरक्षा समितिले पहाडी भेग तथा  नेपाल–भारत सिमासँग जोडिएका स्थानीय तहहरूमा रहेका  संवेदनशील मतदान स्थलको समितिले अनुगमन गरेको छ। भौगोलिक विकटता तथा सडकको पहुँच भन्दा टाढा रहेका मतदानस्थललाई संवेदनशील देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

स्थानीय तहको निर्वाचनका लागि विद्यालय तथा वडा कार्यालयहरूलाई मतदान स्थल तोकिएको छ। अनुगमनको क्रममा  केही मतदान स्थल सागुरो रहेकाले त्यसलाई व्यवस्थित गर्ने निर्णय गरिएको प्रजिअ दाहाले बताए। मिक्लाजुङ गाउँपालिका सहित केही पालिकाको  विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ। 

सुरक्षा समितिले सवैपालिकाको मतदान स्थल तथा केन्द्रको  अनुगमन गरी  सोही अनुसार सुरक्षा रणनीति तयार गर्ने  जनाएको छ। अहिले सम्म १ सयभन्दा बढी मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सबै मतदान स्थल मतदाताका लागी पायक पर्ने स्थानमा रहेको बताइएको छ।  

kumari

मौलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सबै मतपेटिकाहरूलाई मतगणना स्थलसम्म तत्काल सहज रूपले पुर्‍याउने गरी सुरक्षा व्यवस्था मिलाइने  समितिले जनाएको छ।

प्रकाशित: Apr 16, 2022| 07:10 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।