मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पा बस दुर्घटना : दुई जनाको मृत्यु, चार बालकको अवस्था गम्भीर

पाल्पा बस दुर्घटना : दुई जनाको मृत्यु, चार बालकको अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक जना बालकसमेत रहेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक जना बालकसमेत रहेका छन्।

शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परी रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो।

जिसी बस धनी र चालकसमेत रहेको प्रहरीले जनाएको छ। घटनामा चार जना बालक गम्भीर घाइते भएका छन्।

सोही वडाको पानीडाँडाबाट जुठापानीतर्फ जाँदै गरेको गु१ख ४९०९ नम्बरको बस सडकदेखि करिब चार सय मिटर तल खसेको थियो। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको छ।

प्रकाशित: Apr 16, 2022| 07:00 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।