बुधबार, असार ३१, २०८३

२.४ अंकले बढ्‍यो नेप्से, यी लगानीकर्ताले कमाए नाफा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से परिसूचक २.४० अंक बढेको छ। बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह हरियो  भएपछि परिसूचक बढेको हो। परिसूचक २.४० अंक बढेर एक हजार १९३.८७ बिन्दुमा पुगेको छ।
   
१५४ कम्पीहरुको ३ हजार ८१ शेयर ७  लाख ६६ हजार ७८९ पटक खरिद बिक्रीबाट २२ करोड २१ हजार ४२३ रुपैयाँको कारोबार भएको छ।
बुधबार नेप्से परिसूचक तथा  कारोबार रकम दुवै बढेको हो। मंगलबार नेप्से परिसूचक  २.९२ अंक घट्दा १६ करोड ७७ लाख ३९ हजार ६९७ रुपैयाँको मात्रै कारोबार भएको थियो। 

हाइड्रोपावर, फाइनान्स र अन्य समूहबाहेक सबै समूहको परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्सको परिसूचक ३२.४१ अंक बढेर ५ हजार ९०७.४२ बिन्दुमा पुगेको छ । त्यसपछि लाईफ इन्सोरेन्सको परिसूचक २८.८४  र होटलको समूहको परिसूचक ११.२५ अंक बढेको छ। 
यी कम्पनीका लगानीकर्ताले गरे नाफा

सेन्ट्रल फाइनान्स कम्पनीलको लागनीकर्ताले सबैभन्दा बढी प्रतिकिक्ता शेयरमा  ६ रुपैयाँ अर्थात ५.४५  प्रतिशत नाफा गरेको छ। 

लुम्बीनी विकास बैंकको लगनीकर्ताले ४.७३, सिद्धार्थ इन्स्योरेन्सले ३.५१, महालक्ष्मी विकास बैंकले २.२०, नेरुदे लघुविक्त विकास बैंकले २.१३, कर्पोरेट डेभ्लप्मेन्ट बैंकका लगानीकर्ताले २ प्रतिशत नाफा गरेका छन्।  

त्यस्तै समीट माइक्रो फाइनान्स डेभ्लप्मेन्ट र्बैकले १.९९, लाईफ इन्स्योरेन्स कम्पनी १.९७, निर्धन उत्थान लघुविक्त वित्तीय संस्था १.९६ र ग्लोबल आईएमई लघुविक्त वित्तिय संस्थाले १.९५ लगायतले नाफा कमाएका छन्।






(फोटो स्रोतः नेप्से)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।