बुधबार, चैत ४, २०८२

देशभर ९ लाख ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ। 

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ६४८ रहेको छ । पछिल्लो समय थप ५५ जना सङ्क्रमणमूक्त भएका छन्। 

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार २५९  पुगेको छ। यो दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी, पछिल्लो समय सात हजार ७९४ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ। अहिले होम आइसोलेशनमा ४५५ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा १९ र होम आइसोलेशनमा ४१९ रहेका छन्। भेन्टिलेटरमा एक जना र आइसियूमा नौ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 15, 2022| 21:00 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्