आइतबार, जेठ १७, २०८३

'प्रदेश १ का स्थानीय तहमा माओवादीसँग पनि तालेमल हुनसक्छ'

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले स्थानीय निर्वाचनका लागि पालिका तथा वडाहरु एमाले र माओवादीबीच पनि तालमेल हुन सक्ने बताएका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले स्थानीय निर्वाचनका लागि पालिका तथा वडाहरु एमाले र माओवादीबीच पनि तालमेल हुन सक्ने बताएका छन्। 

National life

केन्द्रले स्थानीय तहको जिम्मेवारी स्थानीय तहलाई नै दिएको हुँदा नेकपा माओवादीसँग वडा र पालिकामा तालमेलको सम्भावना रहेको नेता कार्कीको भनाई छ।

शुक्रबार विराटनगरमा पत्रकारसँगको भेटघाटमा नेता कार्कीले पार्टी गठबन्धनको पक्षमा नरहेपनि केन्द्र तहमा राप्रपा नेपालसँगको तालमेललाई स्वभाविक रुपमा लिनुपर्ने बताए। राजतन्त्र त्यागेर गणतन्त्रलाई आत्मसात गरेको राप्रपा नेपालको केही उम्मेदवारलाई एमालेले निर्वाचनमा स्थान दिने उनको भनाई छ। 

प्रदेश १ का पूर्वमन्त्री समेत रहेका नेता कार्कीले प्रदेश सरकार पूर्णरुपमा असफल भएको दाबी गरे। प्रदेश सरकारको संरचनाबारे जनतामा देखिएको नकारात्मक सोच र भावनालाई अहिलेको सरकारले थप बल पुर्‍याएको उनको आरोप छ। उनले भने, ‘बजेटविहीन अनावश्यक मन्त्रालय थप, कर्मचारीबिहीन मन्त्री थप, थपेर जनतामाझ सरकार आलोचित बन्यो।’


Shivam cement





प्रकाशित: Apr 15, 2022| 20:20 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।