बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • इतिहासमै पहिलोपटक मध्यरातमा ‘केजीएफ–२’ शो, कारबाही गर्ने तयारीमा चलचित्र विकास बोर्ड

इतिहासमै पहिलोपटक मध्यरातमा ‘केजीएफ–२’ शो, कारबाही गर्ने तयारीमा चलचित्र विकास बोर्ड

‘विश्वका विभिन्न देशदेखि भारतसम्ममा यसैगरी फिल्म चलाइएको थियो, हामीले पनि दर्शकको डिमान्ड आएपछि अचानक शो थप्यौं,’ उनले भने, ‘अफिस टाइम बितिसकेपछि अचानक शो थपेकाले बोर्डलाई जानकारी गराउन पाइएन। यो हाम्रो गल्ती भयो। तर, कानुन मिच्‍ने नियत थिएन।’
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- पछिल्लो समय नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको छ। यतिसम्मकी एसएस राजामौलीको ‘आरआरआर’को आक्रमक व्यापारपछि प्रदर्शनमा आएको फिल्म ‘केजीएफ–२’ले नेपाली सिनेमा घरको इतिहासमै पहिलोपल्ट मध्यरातमा शो पाएको छ। 

कतिले यसलाई ‘केजीएफ’को क्रेजसँग जोडेर हेरिरहेका छन् तर चलचित्र विकास बोर्डले भने यो कानुनविपरीत भएको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ। ‘यो हाम्रो नियमावली विपरीत हो, बिना जानकारी यसरी जथाभावी शो थप्‍ने व्यवस्था छैन, हामी कारबाही गर्दैछौं,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। बोर्डले राजश्व अनुसन्धान विभागलाई यसरी शो थप्ने तीनवटा सिनेमा घरहरुलाई कर छलीमा अनुसन्धान गर्न पत्राचार गर्ने तयारी समेत गरेको बुझिएको छ। 

‘केजीएफ–२’ प्रदर्शनअघि नै अधिकांश सिनेमा घरमा यो फिल्मको लगभग तीन दिनको सबै शोहरु हाउसफुल थिए। यतिसम्मकी काठमाडौंका एफक्यूब, क्यूब र बिएसएस सिनेमा घरले त मध्यरातमै शो देखाए। 

नयाँ वर्षको दिन बिहिबारबाट प्रदर्शनमा आएको यो फिल्मका लागि उनीहरुले मध्यरातमै शो थपिदिए। काठमाडौंको चावहिलस्थित एफ क्यूब सिनेमाज्ले रातको १ बजे पहिलो शो थपेपछि कमलपोखरीको सिटिसेन्टरले पनि बिहानै ३, ४ र ५ बजे नै थप शो चलायो। त्यस्तै गोंगबुको बीएसआर सिनेमाज्ले पनि बिहान साढे ३ बजेको शो थप्यो। 

चलचित्र (निर्माण, पर्दशन तथा वितरण) नियमावलीमा ‘प्रदर्शकले मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रदर्शन गर्नुपर्नेछ’ लेखिए पनि कुन-कुन समयसम्म फिल्म प्रदर्शन गर्न पाउने त्योचाँही उल्लेख छैन। तर, विकास बोर्डलाई जानकारी नगराइ अतिरिक्त शो थप्दा बक्सअफिसको डाटामा व्यापारको रेकर्ड जाँदैन। यसरी शो थप्दा राज्यलाई कर छलेको हुने भन्दै बोर्डले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।

तर, विग मुभिजका म्यानेजर दिपेश शर्माले भने नियमविपरीत जाने नियत राखेर शो नथपिएको बताए। ‘विश्वका विभिन्न देशदेखि भारतसम्ममा यसैगरी फिल्म चलाइएको थियो, हामीले पनि दर्शकको डिमान्ड आएपछि अचानक शो थप्यौं,’ उनले भने, ‘अफिस टाइम बितिसकेपछि अचानक शो थपेकाले बोर्डलाई जानकारी गराउन पाइएन। यो हाम्रो गल्ती भयो। तर, कानुन मिच्‍ने नियत थिएन।’

चलचित्र विकास बोर्डका सदस्य एवम् हल अनुगमन समितिका संयोजक अर्जुन कुमारले हलले जथाभावी गर्न नमिल्ने बताए। ‘मध्यरातमा चलचित्र प्रदर्शन गर्ने कानुन हामीकहाँ छैन। त्यसरी चलचित्र चलाउन पर्दा अनुमति लिनै पर्छ। नत्र कारवाही हुन्छ,’ उनले भने। 

हलमा यतिखेर ‘केजीएफ–२’सँगै अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर–२’ पनि प्रदर्शन भइरहेको छ। तर, ‘केजीएफ–२’को अघि यसको व्यापार र चर्चा दुवै फिक्का छ। 

मध्यरातमा बोर्डको अनुमतिविना फिल्म चल्नु कानुनी हिसाबले गलत भएपनि यसले फिल्मकर्मीलाई आँखा खोलिदिएको बताउँछन्, फिल्म निर्देशन मनोज पण्डित। ‘दर्शकहरु रातरात फिल्म हेर्न जानुले हाम्रा दर्शक फिल्मको कति भोका छन् भन्ने देखाउँछ,’ उनले भने, ‘तर, फिल्मचाँही स्वादको हुनैपर्छ।

त्यसैले अब नेपाली फिल्ममेकर्सले विदेशी फिल्मको व्यापार देखेर गनगन गर्नुभन्दा त्यस्तै स्वादको फिल्म बनाउनेतिर ध्यान दिनुपर्छ। अनि त जुनसुकै समयमा फिल्म लगाउनुस्, दर्शक हेर्न जाने नै रहेछन्।’


प्रकाशित: Apr 15, 2022| 19:42 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।