मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार

कांग्रेसको उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार

पार्टी प्रवक्ता डा. प्रकाश शरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले उक्त गीतको मूल्याकंन गर्ने जनाइएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो पार्टीको पक्षमा उत्कृत्ट चुनावी गीतका लागि दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ। 

पार्टी प्रवक्ता डा. प्रकाश शरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले उक्त गीतको मूल्याकंन गर्ने जनाइएको छ। 

उपसमिति संयोजक डीबी गुरुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'आसन्‍न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो÷भिडियो) निर्माण गरी प्रचार–प्रसार भैरहेको गीत नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिनुभएमा दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई रु २,७५ ०००।– (अक्षेरुपी  दुईलाख पचहत्तर हजार रुपैयाँ मात्र) धनराशीबाट पुरस्कृत गरिने ब्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराउँदछु।'

प्रकाशित: Apr 15, 2022| 18:04 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।