आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • गठबन्धन गर्न नहुने भन्दै मोरङमा बैठकस्थल अगाडि नै कांग्रेस कार्यकर्ताको नाराबाजी

गठबन्धन गर्न नहुने भन्दै मोरङमा बैठकस्थल अगाडि नै कांग्रेस कार्यकर्ताको नाराबाजी

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धन बैठकस्थल अगाडि नाराबाजी गरेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय विराटनगरमा शुक्रबार गठबन्धन दलको बैठक बस्‍ने थाहा पाएपछि पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुले मोरङमा गठबन्धन गर्न नहुने भन्दै नाराबाजी गरेका हुन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

विराटनगर- नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धन बैठकस्थल अगाडि नाराबाजी गरेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय विराटनगरमा शुक्रबार गठबन्धन दलको बैठक बस्‍ने थाहा पाएपछि पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुले मोरङमा गठबन्धन गर्न नहुने भन्दै नाराबाजी गरेका हुन्।

National life

बैठकमा सहभागी जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने बताए। कार्यदलमा नेपाली कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल बैठकमा सहभागी थिए।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ राजनीतिक दलबीचमा गठबन्धन गर्ने केन्द्रीय सहमति भए पनि जिल्लामा भने अन्यौल देखिएको छ। 


मोरङमा संस्थापनइतरका नेता डा. शेखर कोइराला समूहको बर्चस्व छ। गत चुनावमा एक्लै मेयर, उपमेयर जितेको पालिकामा अरुलाई नेतृत्व दिन नसकिने सभापति डिगबहादुर लिम्बुले बताए। मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै लड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो। 

Shivam cement

बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो। गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ।

 

प्रकाशित: Apr 15, 2022| 17:51 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।