बुधबार, चैत ४, २०८२

मतपत्र छाप्ने चटारोमा जनक शिक्षा, विद्यार्थीले समयमै पाउलान् पुस्तक?

जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी पाठ्यपुस्तक र मतपत्र छाप्ने काममा बाँडफाँट गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चाहिने मतपत्र छाप्ने जिम्मा केन्द्रले पाएपछि छपाईको कामलाई निरन्तरता दिइएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका कर्मचारी पाठ्यपुस्तक र मतपत्र छाप्ने काममा बाँडफाँट गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चाहिने मतपत्र छाप्ने जिम्मा केन्द्रले पाएपछि छपाईको कामलाई निरन्तरता दिइएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। 

National life

आचार्यका अनुसार एक सिफ्टका कर्मचारी मतपत्र छपाइमा खटिएका छन्। कर्मचारी बाँडिएपछि  विद्यालय तहका पाठ्यपुस्तक छपाइ प्रभावित भएको उनको भनाइ छ। नयाँ शैक्षिक सत्रको लागि वैशाखभित्र किताब छापिसक्नुपर्ने बाध्यतामा जनक शिक्षा छ। 

‘करिब ५ सय जनशक्तिले यहाँ दुई सिफ्टमा काम गरिरहेका हुन्थे। त्यसमध्येमा एक सिफ्टलाई मतपत्र छपाइमा खटाइएको छ,’ उनले भने, ‘एक सिफ्टलाई चाहिँ बिहानदेखि बेलुका (ओभरटाइम)सम्मै काम गराएका छौँ। यसले त्यस्तो ठूलो असर नगरे पनि किताब छपाइको काममा केही न केही प्रभाव त पार्छ नै।’

यद्यपि, वैशाखभित्रै पाठ्यपुस्तक छापिसक्ने गरी काम भइरहेको आचार्य बताउँछन्। उनकाअनुसार यस वर्षको लागि १ करोड ९० लाख पुस्तक छाप्नुपर्ने योजना जनक शिक्षाको छ। त्यसमध्ये करिब ३५ लाख प्रति पुस्तक छाप्न बाँकी छ।

छापिएका किताब क्षेत्रीय कार्यलयमा पठाउने क्रम जारी रहेको जनक शिक्षाले जनाएको छ। यसवर्ष कक्षा ४, ७ र ९ को लागि नयाँ पुस्तक निकाल्नुपर्नेछ। कक्षा चार र सात कक्षाको पूरै पाठ्यक्रम नै परिवर्तन भएको छ। कक्षा ९ को हकमा भने अनिवार्य विषय मात्र परिवर्तन भएको हो। अन्य कक्षाको लागि भने पुरानै पुस्तक वितरण र पुनः प्रकाशन गरिएको आचार्यले बताए। 

Laxmi sunrise bank
kumari

‘वैशाखभर किताब छपाइको काम हुन्छ। जेठको पहिलो साता वितरण गर्ने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले मतपत्रको छपाईको काम पनि गरिरहेका छौँ। हामी समयमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने प्रयासमा छौँ।’

यसवर्ष जेठको पहिलोसाताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ। त्यसअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन केन्द्रलाई चुनौती छ। 

प्रकाशित: Apr 15, 2022| 15:31 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्